विश्व

सीको नेपाल भ्रमणका लागि तयारी सुरू, कहिले आँउदैछन नेपाल

   चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ। नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको छ। तर उच्चस्तरको भ्रमण कहिले हुने भने स्पष्ट भइसकेको छैन। चीनबाट राष्ट्रपति स्तरको भ्रमणका लागि नेपालले लगातार पहल गरिरहेको छ।