अमेरिकी पूर्वराष्ट्रपति ओबामा जब धोक्रो बोकेर अस्पताल पुगे…



हाम्रो इकोनोमि

 

नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका नजरमा आलोच्य छन् ।

 

तर, विदेश, त्यसमा पनि शक्तिराष्ट्र अमेरिकाको कुरा अलि बेग्लै छ । त्यहाँका भीआईपीहरु रवाफिलो भन्दा पनि सरल जीवन बाँच्छन् । हामीले साना ठानेका काम निस्फिक्री गर्छन् र जनताका दुःखमा हात अघि बढाउँछन् । राजनीतिलाई साँच्चै उत्तरदायी र सेवाको रुपमा उपयोग गर्छन् ।

 

यहीबीच अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेको विषय सार्वजनिक भएको छ ।

 

सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल आएका ओबामालाई देखेर धेरै व्यक्ति आश्चर्यमा पर्छन् । उनले बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै तस्वीरसमेत खिचाउँछन् ।

 

आफ्ना बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई ओबामाले सहानुभूति पनि दिन्छन् । अस्पतालमा ९० मिनेट बिताएका उनले चिकित्सक तथा नर्ससँग भलाकुसारी गरेको बासिंटन पोस्टले लेखेको छ ।

 

बालबालिकालाई दिने उपहारको धोक्रो बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । अमेरिकाभन्दा पनि रवाफिलो जीवनशैली बिताउने नेता भएका देशमा यसले बढी चर्चा बटुलेको छ ।

 

मोदीलाई फेसबुकमा गाली गर्ने पत्रकारलाई एक बर्ष जेल सजाय

प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेल सजाय तोकेको छ ।

 

सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन् ।

 

गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन सजाय अन्तर्गत एक बर्षको जेल सजाय गरिएको हो ।

 

उक्त कानूनी प्रावधान अनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुब्यवहार वा गालिगलौज गरेमा अदालती सुनुवाइ विना नै एक बर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुट छ ।

अनान्चालीस बर्षीय टेलिभिजन पत्रकार वाङखेमले प्रधानमन्त्री मोदीलाई गाली गरेको ‘उत्तेजक’ दृष्यचित्रलाई सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ।

 

पोस्टमा पत्रकार वाङ्खेमले भारतीय प्रधानमन्त्री मोदी र मनिपुरका मुख्यमन्त्री बिरेन सिंहको सरकारले हिन्दू धर्मको प्रचारमा लागेको भन्दै ‘अभद्र’ गाली गलोज गरेको भिडियो पोस्ट गरेका बताइएको छ ।

 

स्थानीय सञ्चारमाध्यमका अनुसार पत्रकार वाङ्खेमले आफ्नो पोस्टमा मुख्यमन्त्री सिंहलाई प्रधानमन्त्री मोदी र कट्टर हिन्दूवादी राष्ट्रिय स्वयम्सेवक संघ आरएसएस को ‘कठपुतली’ भएको भन्ने भावको भिडियो राखेको बताएका छन् ।

 

अधिकारीहरूले पत्रकार वाङ्खेमको पक्राउ राज्यको सुरक्षामा आँच आउने काम गर्ने प्रवृतिलाई रोक्ने उद्देश्यले भएको जनाएका छन् ।

 

उनलाई यस पहिले राजद्रोह गरेको आरोपमा पक्राउ गरेपनि स्थानीय अदालतद्वारा धरौटीमा रिहा गर्न गरेको आदेशपछि रिहा भएका थिए । एउटा गल्ती गरेर धरौटीमा रिहा भएपछि यसबाट उनी थप उत्तेजित बनेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

 

भारतमा गत महिना पहिले एक जना शिक्षकले प्रधानमन्त्री मोदीलाई ‘कुकुर’ भन्दै गाली गरेपछि छिमेकी राज्य आसाममा उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...