गगन थापालाई पक्राउ गरे चुप बस्दैनौँ : कांग्रेस



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापालाई पक्राउ गरे चुप नबस्ने चेतावनी दिएका छन् । ललितपुरले बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै सभापतिविरुद्ध सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्ने प्रयास गरे प्रतिवाद गर्ने बताए । उनले भने, सभापति थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन। त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौँ ।

बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको उनको भनाइ छ । सरकारले प्रतिशोधपूर्ण कदम चाले सशक्त प्रतिरोध उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरे । उनले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकार विपरीत रहेको आरोप लगाए । उनले (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले गैरकानुनी रूपमा हटाइएको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत वर्षको तोडफोडलाई मान्यता दिनका लागि...

काठमाडौँ-तराई-मधेश द्रुतमार्ग महादेवटार सुरुङको राष्ट्रपति पौडेलबाट ब्रेक थ्रु

    राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत...

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

    मुलुकको राजस्वमा उल्लेख्य योगदान गर्दै आएको नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट...

सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान

    सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३...