पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई पनि समेटेर नयाँ ढङ्गले पार्टी सञ्चालन गर्ने बताएका छन् । स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्नेभन्दा पनि सबैलाई जिम्मेवारी र अवसर प्रदान गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले कांग्रेस चार पुस्ताको पार्टी भएको बताए । केन्द्रीय समितिमा प्रतिस्पर्धा गरेका तथा वडा र क्षेत्रदेखि विभिन्न तहमा जिम्मेवारी प्राप्त गर्न नसकेका साथीहरूलाई पनि अन्य जिम्मेवारी दिएर सक्रिय बनाइने बताए । उनले भने, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एक जनाले जित्ने र अर्कोले हार्ने भन्ने हुँदैन । हामी सबै समान हैसियत राख्छौँ । मैले अहिले प्राप्त गरेको कुरा जिम्मेवारी मात्र हो, यो स्थायी पद होइन । उनले क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रमा जिम्मेवारी प्राप्त गर्न नसकेका कार्यकर्तालाई लामो समयसम्म भूमिकाविहीन बनाएर राख्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिए । काम गर्ने इच्छा, क्षमता र योग्यता भएका साथीहरूलाई विधानअनुसार पार्टीका विभिन्न तहमा जिम्मेवारी दिइने उनले बताए ।

पार्टीभित्र पदका आधारमा ठूलो सानो ठान्ने, आसन ग्रहण र प्राथमिकताका विषयमा विभेद गर्ने परम्परालाई समेत परिवर्तन गर्नुपर्ने बताए । पार्टीका आगामी अधिवेशन र आन्तरिक संरचनाबारे अनावश्यक चिन्ता गर्नुभन्दा तत्काल जनतामाझ पुग्नुपर्नेमा जोड दिए । नयाँ समितिले नयाँ सोच र प्रतिबद्धतासहित जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने बताए । मंसिर महिनाभित्रै पार्टीबाट टाढिएका परिवार तथा मतदाताको घरसम्म पुग्ने अभियान सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले थपे, ‘पहिले कांग्रेसमा रहेका तर अहिले पार्टीमा नरहेका परिवारलाई भेट्नुपर्छ, चिन्नुपर्छ र उनीहरूको घरमा पुग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...