गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र विदेशीको इसाराका कांग्रेस विभाजन गरिएको आरोप लगाएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिवेशन उद्घाटन गर्न सिन्धुपाल्चोकको मेलम्ची पुगेका बस्नेतले अहिले पार्टी विभाजित हुँदा त्यसको असर आगामी निर्वाचनमा पर्ने बताए । उनले भने गगन थापाजीको महत्त्वाकाङ्क्षाले विदेशीहरूको इसारामा पार्टी दुइटा नबनाइदिएको भए, अब आउने निर्वाचनमा सङ्घीय, प्रदेश चुनाव एक्लै लड्दा पनि जित्ने अवस्था थियो । स्थानीय तहमा पनि हामी कब्जा गर्न सक्थ्यौँ तर अहिले छिन्नभिन्न ।

नेविसंघको पृष्ठभूमिबाट आएका सभापति थापासहित विश्वप्रकाश शर्मा, गुरुराज घिमिरेलगायतलाई टिके नेताको संज्ञा दिए । उनले थपे  गगन थापाजी, विश्वप्रकाशजी, गुरुराज घिमिरेजीहरू नेविसंघबाट आएका हुन्। यी नेताहरू प्रायजसो सबै टिके हुन् । चुनाव कोही जितेको छैन। गएको चुनावमा पदाधिकारी कति जना थिए उहाँहरूरु कोही पदाधिकारी चुनाव जितेका छन्रु हामी कांग्रेसको जमानत जफत भएको ठाउँबाट चुनाव जितेर आइराखेका छौँ ।

उनले जिल्लामा पनि आफूले अवसर दिएका नेताहरूले छाडेको बताए । विशेष महाधिवेशनको नाममा नाटक गरेर पार्टी अपहरण गरिएको आरोप लगाए । उनले गगनको नेतृत्वमा काठमाडौंमा जारी महाधिवेशनप्रति कटाक्ष गरे । उनले भने अहिले उम्मेदवार हेर्नुस्, हिजो पनि चुनाव भएन । आज चुनाव हुने भनेका छन् । कतिखेर स्थगित हुने हो थाहा छैन । यहाँ स्थगित भएकोजस्तै हुने हो कि । अब आफ्नो अनुकूल भएन भनेर लात्ताले लात्ताले हानेर हुन्छ कि । हिजोको सोझो भएर बसेका मान्छेहरू हात खुट्टा नङ्ग्रा सबै चलाउन थाल्या छन् । उनले संस्थापन पक्षको क्षेत्रीय अधिवेशनमा ५ जना पनि उपस्थित नभएको ठाउँमा ६ सय भोट खसालिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...