पुरुषहरुका लागि आयो गर्भनिरोधक सुई, एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क



हाम्रो इकोनोमि

 

महिलाका लागि अस्थाई गर्भनिरोधका अनेक विधि छन् । सुई देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि ।तर पुरुषका लागि भने अस्थाइ गर्भरिोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन ।यस्तोमा पुरुषहरु आफुहरुको लागि पनि कण्डमको विकल्पका रुपमा नयाँ गर्भनिरोधक साधनको व्यग्र प्रतिक्षामा हुनु स्वभाविकै हो ।

 

पुरुषहरुको यहीँ प्रतिक्षाको घडी समाप्त पार्दै वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको ३ महिने संगिनी सुई जस्तै अस्थाइ गर्भनिरोधक सुईको आविष्कार गरेका छन् ।पुरुषका लागि विकशित गरिएको यो गर्भनिरोधक सुई एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्कसँग सहवास गर्न सकिनेछ र त्यस्तो सुई लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ रहने छैन ।

 

अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुईको आविष्कार गरेको बताइएको छ । शोधकर्ताहरुले खरायोमा यो सुईको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुई लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको छ ।

 

अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् । खरायोमा प्रयोग भएको यो सुईलाई परिस्कृत गरी मानिसका लागि गर्भनिरोधक सुईको रुपमा प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ ।

 

वैज्ञानिकहरुले उक्त पुरुष गर्भनिरोधक खोपलाई भेसल जेलको नाम दिएका छन् । अब छिटै मानिसमा यसको परीक्षण शुरु गर्ने बताइएको छ ।

 

पूर्वराजा ज्ञानेन्द्रकोे चलखेल बढ्यो, गोप्य बैठक र भेटघाटमा व्यस्त

पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गर्नुभएको छ ।

 

पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आउनुभएका पूर्वराजाले अध्यक्ष कमल थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिनुभएको थियो । गोप्य भेटमा राजतन्त्र र हिन्दू राज्य कायम गर्ने विषयमा छलफल भएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

 

गोप्य भेटमा राजतन्त्र र हिन्दु राज्य कायम गर्ने विषयमा छलफल भएको थियो। त्यसलगत्तै ज्ञानेन्द्रले पूर्वमन्त्री जगत गौचन, कमला शर्मा, दुर्गा श्रेष्ठलगायत एक दर्जनभन्दा बढी राप्रपाका नेतासँग भेट गरेका थिए।

 

भेटमा अधिकांश नेताले पूर्वराजालाई सक्रिय हुन सल्लाह दिएको बताइएको छ। अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै यही पुस २ गते पोखरा पुगेका ज्ञानेन्द्रले आइतबार पश्चिमाञ्चल क्षेत्रका २१ जना जनप्रतिनिधीसँग भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...