चीनद्वारा इसाईहरुमाथि दशककै ठूलो दमन, चर्चद्वारा चलाईएका स्कूल बन्द, पादरी हिरासतमा



हाम्रो इकोनोमि

 

विश्वभर इसाईहरुको मूल पर्व क्रिसमस मनाईरहेको बेला चीनले भने इसाईहरुमाथि एक दशक यताकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । आक्रमण गरी धेरै चर्चहरु बन्द समेत गराएको छ ।

 

चीनले बाहिर देखिनेगरी भन्दा पनि गुप्त रुपमा क्रिश्चियनहरुमाथि दमन गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही समय अघि मुस्लिमहरुमाथि आक्रमण गरेको चीनको क्रिसमसको पूर्व सन्ध्यामा इसाई धर्ममाथि निशाना परेको हो ।

 

क्रिसमसको पूर्व सन्ध्यामा चेन्गदू प्रान्तमा रहेका सबै चर्चहरु बन्द गरिदिएको भारतको नवभारत टाईम्सले जनाएको छ । चीनका इसाई धर्मालम्बीहरुले सरकारी दमनबाट आफूहरु पछि नहट्ने बतार्इरहेका छन् ।

 

उनीहरुले सरकारले भन्यो भन्दैमा आफू धर्म नछाड्ने बताएपनि सरकारले उनीहरुबाट खतरा देखेपछि यस्तो एक्सन चालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुले सरकारले आफूहरुमाथि धरपकड गरेर आफ्नो धार्मिक भावना मार्न नसक्ने बताएका छन् । यस अघि पनि धेरै मुसलमानहरुलाई हिरासतमा राखेको समाचार आईरहेको छ ।

 

न्यूयोर्क टाइम्समा छापिएको एक रिपोर्ट अनुसार गु बाओलुओ केही महिनादेखि चीनको सबैभन्दा ठूलो मानिने प्रोटेस्टेन्ट चर्चमा क्रिसमस सेलिब्रेशनको तयारीमा थिए । तर, डिसेम्बरको सुरुवातको एक दिन चीन सरकारले सो प्रार्थना स्थललाई बन्द गरिदिएको छ ।

 

जुन चेङ्गदूको दक्षिण पश्चिमी शहरमा अर्लि रेनको नामले समेत चिनिन्छ । चीनको यो आक्रमणलाई इसाईहरुले एक दशकको सबैभन्दा ठूलो आक्रमण भनेका छन् ।

 

रिपोर्टका अनुसार चिनियाँ प्रहरीले सो प्रान्तमा रहेका सबै बाइबललाई समेत जफत गरेका छन् । चर्चद्वारा चलाईएका स्कूलहरुलाई बन्द गरिएको छ भने विभिन्न स्थानमा तोडफोडका लागि उक्साएको आरोपमा अर्लि रेनका पादरीलाई समेत हिरासतमा राखिएको छ । ती पादरीलाई ५ वर्षसम्म जेल सजाय हुनसक्ने बताईएको छ ।

 

क्रिसमसको पूर्व सन्ध्यामा ३१ वर्षीय गु जो चामल बेच्ने काम गर्दछन् । उनी आफ्नो साथीसँग प्रार्थना गर्नको लागि साथीको घरमा गएका छन् । उनीसँगै अर्लिरेनको आधा दर्जन मानिसहरुले त्यही साथीको घरमा गएर प्रार्थना गरे । गुले  गिरफ्तार हुने डर हुँदा हुँदै पनि इन्क्रिप्टेड च्याट ऐप्लिकेशनको प्रयोग गरेर प्रहरी शोषणबारे जानकारी दिएको टाइम्सले जनाएको छ ।

 

खतरा महसूस गरिरहेका छन् चीन सरकार  
रिपोर्टमा भनिएको छ कि जहाँ दुनिया भरको करोडौं इसाई क्रिसमस मनाईरहेको बेलामा गरिएको यो आक्रमण चीनले आफूमाथि आईपर्न सक्ने संकट दूर गर्नको लागि गरिएको हो ।

 

चिनियाँ राष्ट्रपति शी चिनफिङ्ग यो कुरामा चिन्तित छन् कि नास्तिक कम्युनिष्ट सत्ताधारीका लागि क्रिश्चियन धर्मालम्बीहरुद्वारा संकट पैदा हुनसक्छ । चिनियाँ कम्पुनिष्ट पार्टीले पनि इसाईहरुलाई पार्टीको नियन्त्रणमा लिन माग गरेको थियो ।

 

चीनको सरकारले यही वर्ष नै बाइबलको अनलाइन बिक्रीमाथि प्रतिबन्ध लगाएको थियो । यो काम पनि इसाईहरुलाई राज्यको नियन्त्रणमा ल्याउने प्रयास स्वरुप नै भएको बताईएको छ । पार्टीको विश्लेषण अनुसार इसाई धर्म चीनमा तीब्र रुपमा चलिरहेको छ । जुन धर्मले पश्चिमी संस्कृतिलाई बढावा दिन्छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...