एकै पटक देखियो ३ वटा सूर्य , वैज्ञानिक पनि आश्चर्यचकित !



हाम्रो इकोनोमि

 

विज्ञानले चाहे जति नै फड्को मारे पनि प्रकृति र यसको करिश्मा कहिल्यै रोक्न सक्दैन।

एकातर्फ विज्ञान र प्रविधि प्रकृतिका हरेक रहस्यका पर्दा उघार्ने कोसिस लागिरहेको हुन्छ भने अर्कोतर्फ प्रकृति हरेक पटक थप एक कदम अगाडी बढी यस्ता चमत्कार देखाउँछ कि विज्ञानका सम्पूर्ण तथ्य नै निरर्थक साबित हुन्छ।

एक पटक फेरि पनि प्रकृतिले केही यस्तो करिश्मा देखाएको छ जुन देखेर दुनियाँका ठुला-ठुला नामी वैज्ञानिक पनि नतमस्तक भएका छन्।

आज हामी चर्चा गर्दै छौं दुर्लभ दृश्यको बारेमा जुन हालै चीनमा देखिएको थियो।

चीनमा एकै समय तीन-तीन वटा सूर्य निक्लिएको दुर्लभ र सुन्दर दृश्य देखिएको थियो। जुन देखेर वैज्ञानिक पनि आश्चर्यमा परे।

आज विज्ञानले यति प्रगति गरेको छ कि मानिसहरु पृथ्वी बाहेक दोस्रो ग्रहमा बसोबास गर्ने बारे सोचिरहेका छन्।

हरेक दिन नयाँ(नयाँ आविष्कार भईरहेको छ।

तर पनि कुनैबेला प्रकृतिले केही यस्तो करिश्मा देखाउँछ जसले प्रकृतिसँग एक खास शक्ति भएको महसुस हुन्छ।

चीनमा प्रकृतिले जुन दृश्य देखायो, त्यसले पनि प्रकृतिले यस्तै खास शक्ति भएको आभास दिलाउँछ।

किनकी यस बारेमा वैज्ञानिकले अहिलेसम्म केही खुलासा गरेका छैनन्। यो पूर्णतया रहस्य बनेको छ।

जब मानिसले यस्तो दृश्य देखे, तब उनीहरुले विलम्ब नगरी आफ्नो क्यामरामा उक्त दृश्य कैद गरे।

यस दूर्लभ घटनाबारे प्रत्यक्षदर्शीले दिएको बयानअनुसार त्यस समय आकाशमा एकै समय सूर्य जस्तोदेखिने तीन वस्तुबाट चम्किलो किरण आएको बताएका छन्।

यद्यपि त्यो सूर्य थियो या प्रकृतिको कुनै करिश्मा यस बारेमा रहस्य बनेको छ।

विज्ञानले यसलाई खगोलिय घटनासँग जोडेर अनुसन्धान गरिरहेको छ भने आम मानिस भने यसलाई प्रकृतिको करिश्मा मानिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...