मुख्य खबर

प्रचण्डका ज्वाइँले प्रदेशसभाका लागी टिकट पाउने भए पछी माओबादीमा हङ्गामा,प्रचण्डलाई बागी उठ्ने भन्दै क-कस्ले थर्काए?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँलाई प्रदेशसभाको उम्मेदवारमा सिफारिस गरेपछि माओवादी केन्द्र मोरङभित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रचण्डका ज्वाइँ जीवन आचार्यको राजनीतिक योगदान र संलग्नतामाथि प्रश्न उठाउँदै कार्यकर्ताहरूले आचार्यले टिकट पाएमा बागी उम्मेदवार बन्नेसम्मको सार्वजनिक घोषणा गरेका छन्।