प्रचण्डका ज्वाइँले प्रदेशसभाका लागी टिकट पाउने भए पछी माओबादीमा हङ्गामा,प्रचण्डलाई बागी उठ्ने भन्दै क-कस्ले थर्काए?



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँलाई प्रदेशसभाको उम्मेदवारमा सिफारिस गरेपछि माओवादी केन्द्र मोरङभित्रको विवाद उत्कर्षमा पुगेको छ।

प्रचण्डका ज्वाइँ जीवन आचार्यको राजनीतिक योगदान र संलग्नतामाथि प्रश्न उठाउँदै कार्यकर्ताहरूले आचार्यले टिकट पाएमा बागी उम्मेदवार बन्नेसम्मको सार्वजनिक घोषणा गरेका छन्।

आचार्यलाई मोरङ क्षेत्र नम्बर ६ अन्तर्गतको प्रदेश ‘क’–मा प्रत्यक्षतर्फको उम्मेदवारमा माओवादीको मोरङ जिल्ला कमिटीले सिफारिस गरेको हो। जिल्ला कमिटीले आचार्यको मात्र नाम सिफारिस गरेपछि अन्य कार्यकर्ताले आक्रोश जनाएका हुन्।

परिवार मोहको विरोध
अध्यक्ष प्रचण्डलाई आफूले सधैँ सम्मान र आदर गरेको तर उनको परिवार मोहप्रति भने असहमत रहेको प्रतिक्रिया असन्तुष्ट कार्यकर्ताले व्यक्त गरेका छन् ।

प्रचण्डकी छोरी रेणु दाहाल यसअघि भरतपुर महानगरपालिकाको प्रमुखमा टिकट पाएर विजयी भएकी छिन्। प्रचण्डपुत्र प्रकाशकी पत्नी बिना मगरले २०७० को संविधानसभाको निर्वाचनमा कञ्चनपुरबाट टिकट पाएकी थिइन्। बिना अहिले पनि टिकटकी आकांक्षी हुन्।

अहिले ज्वाइँलाई प्रदेशसभाको उम्मेदवार बनाउन सिफारिस भएपछि पार्टीभित्र परिवारवाद मौलाएको अनुभव हुन थालेको उनीहरूको गुनासो छ।

माओवादी केन्द्रका मोरङ जिल्ला सदस्य विनोद घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यविरूद्ध स्वतन्त्र उम्मेदवारी दिनेसमेत बताएका छन्।

असन्तुष्ट कार्यकर्ताले अध्यक्ष प्रचण्डसँग नजिक हुन जिल्ला कमिटीले आचार्यको मात्र नाम सिफारिस गरेको भन्दै आलोचना गरेका छन्। वाम दलबीच गठबन्धन भएपछि टिकटमा आकांक्षा नदेखाएका सबै अहिले दाबेदारसमेत बनेका छन्।

एमालेसित माओवादीले प्रतिनिधिसभामा मोरङका ६ मध्ये २ क्षेत्र मागेको छ। जसमा क्षेत्र नं. ५ मा निवर्तमान आपूर्तिमन्त्री शिवकुमार मण्डल चुनाव लड्ने पक्काजस्तै छ। माओवादी केन्द्रका प्रदेश संयोजक सावित्रीकुमार काफ्लेले क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा आफू चुनाव लड्ने दाबी गरेपछि एमाले–माओवादीबीच मोरङका सिटमा तालमेल हुन सकेको छैन।

चोखिन खोज्दै जिल्ला नेतृत्व
ज्वाइँ आचार्यको सिफारिसप्रति तीव्र असन्तुष्टि र विरोध सुरु भएपछि माकेको जिल्ला नेतृत्व आफूले क्षेत्रीय समितिले गरेको सिफारिसलाई हुबहु सदर गरेको मात्र भन्दै चोखिने प्रयास गरिरहेको छ ।

‘क्षेत्रबाट जजसको जसरी नाम आएको हो हामीले तिनै नामलाई हुबहु सिफारिस गरेर पठाएका हौँ’, माओवादी केन्द्र मोरङका संयोजक गोपी अछामीले भने, ‘जिल्ला कमिटीले कसैको नाम थपघट गरेको होइन। क्षेत्रीय कमिटीको सिफारिसलाई जिल्लाले उल्लङ्घन गरेको छैन।’

को हुन् आचार्य ?
विराटनगर महानगरपालिका वडा नम्बर ४ मा स्थायी बसोबास भएका आचार्यसित प्रचण्डकी कान्छी छोरीले दोस्रो विवाह गरेकी हुन्।

कान्छी छोरीको विवाह यसअघि भारतको पश्चिमबङ्गाल राज्यस्थित सिलिगुडी शहरका नारायण प्रधानसित भएको थियो। चार वर्षअघि सम्बन्ध विच्छेद गरेकी उनले विरागनगरका जीवनसित दोस्रो विवाह गरेकी हुन्। आचार्य केही समय यता कम्प्युटरको व्यवसायमा छन्

प्रतिक्रिया दिनुहोस
शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...

गगन थापाको नेतृत्वमा पार्टी बलियो भयो : विश्वप्रकाश शर्मा

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको...

जगन्नाथलाई संसदीय दलको नेताबाट हटाउन १८ सांसदको हस्ताक्षर (सूचीसहित)

  नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र आन्तरिक कलह चर्किएसँगै दलका नेता जगन्नाथ...