एमालेले उम्मेदवारी फिर्ता लियो,मनांगमा दीपक मनाङेलाई एमालेले सघाउने यस्तो भयो सहमति



हाम्रो इकोनोमि

मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का एमाले उम्मेद्वार खण्डा लामाले आफ्नो उमेदवारी फिर्ता लिएकी छिन्।
एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका दीपक मनाङेलाई सघाउने भन्दै उनले आफ्नो उमेदवारी फिर्ता लिएकी हुन्। जिल्लाबाट सर्वसम्मत सिफारिश भएका मनाङेको सर्वत्र विरोध भएपछि पार्टीले लामालाई टिकट दिएको थियो ।

टिकट नपाएका मनाङेले आफूलाई जनताको साथ र माया भएको तथा जित्ने दाबी गर्दै स्वतन्त्र उमेदवारी दर्ता गरेका थिए।

योसँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट कांग्रेस उमेदवार कर्मा गुरुङ र मनाङेबीच प्रतिस्पर्धा हुने भएको छ। मनाङे केही समयअगाडि मात्रै राप्रपा छोडेर एमाले प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...