बाबुरामले गोरखामा दनक दिए पछी बाबुरामलाई सोत्तर पार्न प्रचण्डकोमा एकाबिहानै सन्किएर पुग्ने को-को हुन्,यसरी हार्ने भए बाबुराम



हाम्रो इकोनोमि

गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नयाँ शक्तिका नेताहरु बिहीबार बिहान माओवादी अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।

तिमल्सिनाका अनुसार नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य जीतबहादुर घले, तमु परिषद्का केन्द्रीय सहइञ्चार्ज आनन्दबहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा. जीतबहादुर घले, बलबहादुर घले, वाम बुद्धिजीवी खड्कबहादुर गुरुङलगायत छन् ।

पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा जिल्ला वामपन्थीहरुको किल्ला भएको भन्दै माओवादी केन्द्र विजयी हुने बताएका थिए । प्रचण्डले भने, ‘गोरखा जिल्लाको राजनीतिक संघर्ष जहिले पनि कम्युनिष्ट र कांग्रेसका बीचमा नै रह्यो । तपाईंहरुको पार्टी प्रवेशले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोच र विचारले जित्ने मैले विश्वास लिएको छु ।’

माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोरखाली नेताहरुले साना पार्टी र समूहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको र नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएर मात्र समाजवादमा जान सकिने निष्कर्षसहित आफूहरु माओवादी केन्द्रमा आएको बताए । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नम्बर–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठ, क्षेत्र नम्बर–१ का उम्मेद्वार हरिराज अधिकारी लगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

मकवानपुरमा स्कारपिओ दुर्घटना, ६ जना घाइते

    मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास...

बागमती प्रदेश मुख्यमन्त्रीले दिए राजीनामा

  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्...

नेवानीका २ एयरहोस्टेज एयरपोर्टबाट पक्राउ

    घुमफिरका लागि मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै...