माओबादी द्वारा बेदीमा पुर्याईएका देवी ज्ञवाली प्रचण्डलाई जिताउने कमान्डर बने,ओलीले प्रचण्डलाई राखेर यसरी मिलाए कुरा



हाम्रो इकोनोमि

भरतपुर महानगरपालिकामा षडयन्त्रपुर्वक हराइएका मेयरका प्रत्यासी देवी ज्ञवालीले सवै कुरा बिर्सिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताउने चुनावी कमाण्डर बन्ने घोषणा गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज ओली र दाहाललाई साँछी राखेर ज्ञवालीले सो घोषणा गर्नुभएको हो ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ज्ञवाली प्रचण्डपुत्री रेणु दाहालसँग दोहोर्याएर निर्वाचन गराइएपछि झिनो मतले पराजित हुनुभएको थियो । ज्ञवालीले चुनाव जित्ने निश्चित बनेपछि माओवादी बुथ एजेण्टले मतपत्र च्याती कांग्रेसको गढ मानिएको वडामा पुनः मतदान गराई ज्ञवालीलाई हराइएको हो ।

कांग्रेससँग सहकार्य गरी मेयर जित्नुभएकी रेणुले पनि एमाले र माओवादीबीच चुनावी तालमेल भएपछि जिसस निर्वाचनमा एमाले उम्मेदवारलाई मतदान गर्नुभएको थियो । एमाले नेता ज्ञवालीले आफू राजनीतिक ब्यक्ति भएको र दुई पार्टीबीच एकीकरण प्रक्रिया अघि बढिसकेकोले स्थानीय तह निर्वाचनको सवै कुरा बिर्सिएर प्रचण्डलाई चुनाव जिताउने घोषणा गर्दै चितवनबाटै चुनाव लडन सुझाव दिनुभयो ।

‘म प्रचण्डलाई चुनाव जिताउने कमाण्डर बन्न चाहन्छु, चितवनका जनता कांग्रेसले जति भ्रम छरे फस्दैनन,’ एमाले अध्यक्ष ओली र दाहाललाई साँछी राखेर ज्ञवालीले भन्नुभयो । उहाँले आफू प्रचण्ड हराउन लाग्ने भन्दै कांग्रेसले गरेको प्रचारमा कुनै सत्यता नभएको भन्दै चितवनबाटै चुनाव लडन सुझाव दिनुभयो ।

पछिल्लो समय प्रचण्ड हराउन देवी ज्ञवालीको खतरनाक योजना भन्दै प्रचार गरिरहेका छन । कांग्रेसले दाहाल उम्मेदवार नबनोस भन्ने योजनाका साथ प्रचण्ड हराउन ज्ञवाली लागेको बताएपछि ओली र दाहाललाई भेटन बालकोट पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...