माओबादी द्वारा बेदीमा पुर्याईएका देवी ज्ञवाली प्रचण्डलाई जिताउने कमान्डर बने,ओलीले प्रचण्डलाई राखेर यसरी मिलाए कुरा



हाम्रो इकोनोमि

भरतपुर महानगरपालिकामा षडयन्त्रपुर्वक हराइएका मेयरका प्रत्यासी देवी ज्ञवालीले सवै कुरा बिर्सिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताउने चुनावी कमाण्डर बन्ने घोषणा गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज ओली र दाहाललाई साँछी राखेर ज्ञवालीले सो घोषणा गर्नुभएको हो ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ज्ञवाली प्रचण्डपुत्री रेणु दाहालसँग दोहोर्याएर निर्वाचन गराइएपछि झिनो मतले पराजित हुनुभएको थियो । ज्ञवालीले चुनाव जित्ने निश्चित बनेपछि माओवादी बुथ एजेण्टले मतपत्र च्याती कांग्रेसको गढ मानिएको वडामा पुनः मतदान गराई ज्ञवालीलाई हराइएको हो ।

कांग्रेससँग सहकार्य गरी मेयर जित्नुभएकी रेणुले पनि एमाले र माओवादीबीच चुनावी तालमेल भएपछि जिसस निर्वाचनमा एमाले उम्मेदवारलाई मतदान गर्नुभएको थियो । एमाले नेता ज्ञवालीले आफू राजनीतिक ब्यक्ति भएको र दुई पार्टीबीच एकीकरण प्रक्रिया अघि बढिसकेकोले स्थानीय तह निर्वाचनको सवै कुरा बिर्सिएर प्रचण्डलाई चुनाव जिताउने घोषणा गर्दै चितवनबाटै चुनाव लडन सुझाव दिनुभयो ।

‘म प्रचण्डलाई चुनाव जिताउने कमाण्डर बन्न चाहन्छु, चितवनका जनता कांग्रेसले जति भ्रम छरे फस्दैनन,’ एमाले अध्यक्ष ओली र दाहाललाई साँछी राखेर ज्ञवालीले भन्नुभयो । उहाँले आफू प्रचण्ड हराउन लाग्ने भन्दै कांग्रेसले गरेको प्रचारमा कुनै सत्यता नभएको भन्दै चितवनबाटै चुनाव लडन सुझाव दिनुभयो ।

पछिल्लो समय प्रचण्ड हराउन देवी ज्ञवालीको खतरनाक योजना भन्दै प्रचार गरिरहेका छन । कांग्रेसले दाहाल उम्मेदवार नबनोस भन्ने योजनाका साथ प्रचण्ड हराउन ज्ञवाली लागेको बताएपछि ओली र दाहाललाई भेटन बालकोट पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...