टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड



हाम्रो इकोनोमि

 

 

काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि भारतको कोलकातामा डाइभर्ट गरिएको छ ।

आज दिउँसो १ बजेर २९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइट नम्बर टीके ७२७ को जहाजमा उचाइ लिने क्रममा दायाँ इन्जिनमा आगो लागेको संकेत देखिएको थियो ।

जहाज काठमाडौंबाट ४ माइल पश्चिम पुग्दा चालक दलले काठमाडौं एप्रोच कन्ट्रोललाई दायाँ इन्जिनमा आगो लागेको जानकारी गराएका थिए । लगत्तै जहाजलाई केही समय आकाशमै होल्ड गरि कलकत्ता तर्फ मोडिएको थियो ।

जहाजमा २२५ यात्रु र ११ चालक दलका सदस्य गरी कुल २३६ जना सवार रहेका थिए । सबै सुरक्षित छन् । विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै जहाजको सफल अवतरण भएको बताएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जहाज नेपाली समय अनुसार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकाता विमानस्थलमा सकुशल अवतरण भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...