विश्व आर्थिक मञ्चमा पुग्ने पहिलो नेपाली निर्वाण चौधरी



हाम्रो इकोनोमि

 

 

नेपालका एकमात्रै अर्बपति व्यापारी तथा प्रतिनिधिसा सदस्य विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले विश्व आर्थिक मञ्च (डब्लूईएफ) को कार्यक्रममा प्यानल डिस्कसनमा सहभागिता जनाएका छन्। उनी विश्वप्रसिद्ध यस्ता कार्यक्रममा बोल्न पाउने निजी क्षेत्रको पहिलो नेपाली बन्न सफल भएका छन् । उनले नेपाली उद्योगपतिले त्यहाँ बोल्ने मौका पाउनुले यो नेपाली जनता तथा उद्योगीका लागि गर्वको विषय बनेको पनि उल्लेख गरेका छन्। पहिलोपटक एक ऐतिहासिक रेकर्ड राख्दै नेपाली निजी क्षेत्रका एक प्रमुख व्यक्तित्व तथा उद्योगपति चौधरीले विश्वव्यापी आर्थिक क्षेत्रमा एक विशिष्ट स्थान निर्माण गर्न सफल भएका छन् ।

स्विट्जरल्याण्डको दाभोसमा आयोजित डब्लूईएफमा बोल्ने पहिलो नेपाली निजी क्षेत्रका प्रतिनिधि भएका चौधरीले नेपाललाई एक महत्त्वपूर्ण वैश्विक संवादमा सामेल गराएका मात्रै होइन बरु उनले विकासशील अर्थतन्त्रहरूका युवा नेताहरूको सम्भावना र महत्वाकांक्षाको पनि प्रदर्शन गरेको चौधरी ग्रुपले बताएको छ । कार्यक्रममा चौधरीले नेपालको हिमालय क्षेत्रबाट विश्वको धेरै जनसंख्या हिमालयको पानीमा निर्भर रहेको देश नेपाल भएकोमा नेपालप्रति विश्वले गर्व गर्नुपर्ने बताएका छन् । उनले १ लाख १० हजार मेगावाट विद्युत उत्पादन क्षमता राख्ने हामी अहिले २÷३ हजार मेगावाटमा सीमित रहेको उल्लेख गर्दै हाम्रो हिमालमा स्टोर भएको पानीले करिब २अर्ब जनसंख्यालाई जीवन दिन नेपाल सक्षम भएको बताएका छन् ।

सम्मेलनमा उनको उपस्थिति र योगदानले दक्षिण एशियाली बजारहरूको बढ्दो महत्व र समावेशी वैश्विक आर्थिक छलफलको आवश्यकतालाई उजागर गरेको थियो। दाभोसमा भएको डब्लुईएफमा चौधरीको सहभागिताले उनको लागि मात्र होईन्, सीङ्गो नेपालको लागि एक महत्त्वपूर्ण माइलस्टोन साबित भएको चौधरी ग्रुपले बताएको छ । चौधरी ग्रुपको नेतृत्वमा रहेका युवा अर्बपतिले माइक्रोसफ्टका सह–संस्थापक र परोपकारी बिल गेट्स, एशियाकै धनाड्य गौतम अडानी, डेलका सञ्चालक आदिसँग मञ्च सेयर गरेका छन् । निर्वाण चौधरी, चौधरी समूहका प्रबन्ध निर्देशक पनि हुन्। विश्वका सबैभन्दा प्रभावशाली राजनीतिक, व्यापारिक, र सांस्कृतिक नेताहरूलाई एकत्रित गर्ने सम्मेलनरुपमा डब्लुईएफको सम्मेलनलाई लिइन्छ ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...