आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिदै,यसरी वितरण गरिदैछ चुनाब चिह्न



हाम्रो इकोनोमि

आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि परेका मनोनयनमाथि आज जाँचबुझ भई उम्मेदवारको नामावली प्रकाशनको कार्य भइरहेको छ।
निर्वाचनका लागि यही कात्तिक ५ मा भएको मनोनयन दर्ताको सूची सोही दिन प्रकाशन भइसकेको छ भने ६ गते उम्मेदवारको विरोधको उजुरीका लागि समय निर्धारण गरिएको थियो।

यो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभामा निर्वाचन हुँदैछ। उम्मेदवारी फिर्ताका लागि कात्तिक ८ गतेका लागि तोकिएको छ। फिर्तापछि सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। लोकतान्त्रिक र वाम गठनबन्धन दुवैबाट पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी परेकाले फिर्ता गराउन ती गठबन्धनले प्रयास जारी राखेका छन्।

प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्नेछ। समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानूनी व्यवस्था छ। एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ। एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुनेछ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभातर्फ ४८४ गरी जम्मा कूल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारीमा परेका उजुरीउपर आज छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।

मंसिर २१ गते दोस्रो चरणमा तराई–मधेश र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति यही कात्तिक १६ गतेका लागि तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...