चुनाब नहुदै यसरी झुल्किए मुख्यमन्त्री,यी हुन् सातै प्रदेशका मुख्यमन्त्रीका हकवाला र यसरी हुदैछन मुख्यमन्त्री



प्रदेश र संघको निर्वाचनले यतिबेला देश तातेको छ । यतिबेला विशेषगरी नयाँ प्रयोग भएकाले प्रदेशसभाको निर्वाचनको विषयमा विभिन्न चर्चा परिचर्चा हुने गरेका छन् । अझ प्रदेशको मुख्यमन्त्रीको विषयमा त झन् चिया पसलमा समेत व्यापक गाईंगुई सुनिन्छ । कांग्रेस युवा नेता गगन थापाले मुख्यमन्त्रीमा आफ्नो इन्ट्रेस्ट देखाए तापनि सभापति शेरबहादुर देउवा कारण उनी ब्याक हुनु परेको खबर पनि सर्वविधितै छ । नेताहरुले मुख्यमन्त्रीकै लागि संघ छाडेर प्रदेश रोजेको जिषय पनि चर्चामै छ । यस्तोमा मंसिर १० गते ३२ जिल्लामा निर्वाचन हुँदैछ । पहिलो प्रदेश सभा निर्वाचनमा मुख्यमन्त्रीको सम्भावना बोकेका नेता को–को छन् त ?

प्रदेश १
प्रदेश नम्बर १ मा शेरधन राई मुख्यमन्त्रीका दावेदार हुन् । एमाले अध्यक्ष ओलीले मुख्यमन्त्रीको आश्वासन दिएकै कारण राई प्रदेशसभामा चुनाव लड्न तयार भएका छन् । उनी भोजपुर ‘ख’ बाट चुनाव लड्दैछन् । राई दुईपटक भोजपुरबाट निर्वाचित भई एकपटक मन्त्रीसमेत भइसकेका छन् ।

उता सुनसरीबाट प्रदेश सभामा चुनाव लड्न लागेका भीम आचार्य पनि मुख्यमन्त्रीको दाबेदार हुन् ।

कांग्रेसका तर्फबाट विश्वप्रकाश शर्मालाई मुख्यमन्त्रीको दावेदारका रुपमा हेरिए तापनि नेता विमलेन्द्र निधिका कारण उनको समभावना कम छ । उनको नाम झापा–१ बाट सिफारिस भइसकेको छ । यस्तोमा भीष्मराज आङदम्बेको सम्भावना बलियो छ ।

प्रदेश ३
प्रदेश नम्बर तीनमा एमाले नेता पशुपति चौलागाईं मुख्यमन्त्रीका दाबेदार हुन् । दोलखा प्रदेश ‘ख’ बाट चुनाव लड्न लागेका उनले यसका लागि लबिङसमेत थालिसकेका छन् । त्यसो त धादिङ १ ‘ख’ बाट उम्मेदवारी दिएका एमाले नेता राजेन्द्र पाण्डेलाई पनि भाबी मुख्यमन्त्रीको रुपमा हेरिएको छ । काठमाण्डुबाट प्रदेश सभामा भिड्न लागेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको छ ।

प्रदेश ४

प्रदेश चारमा लमजुङ ‘ख’ बाट चुनावी मैदानमा उत्रिएका एमाले सचिव पृथ्वीशुब्बा गुरुङ मुख्यमन्त्रीका दाबेदारह हुन् । पूर्वमन्त्री गुरुङ मुख्यमन्त्री बन्नकै लागि प्रदेशबाट चुनाव लड्न लागेका हुन् । पार्टी पनि उनीप्रति सकारात्मक छ ।

प्रदेश ६
हुम्लाबाट प्रदेश सभामा चुनाव लड्न लागेका कांग्रेस नेता जीवनबहादुर शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार हुन् । पूर्वमन्त्रीसमेत रहेका शाही हुम्ला ‘ख’ बाट चुनाव लड्दैछन् ।

उता माओवादीबाट महेन्द्रबहादुर शाही पनि मुख्यमन्त्रीको दावेदार बनेका छन् । कालिकोटबाट चुनाव लड्न लागेका उनी हालका बिना विभागीय मन्त्रीसमेत हुन् ।

प्रदेश ७

प्रदेश सातमा एमाले नेता कर्णबहादुर थापा मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । उनी मुख्यमन्त्री बन्न ७ नम्बर प्रदेशको समानुपातिकमा बसेका छन् ।

यो आँकडा पहिलो चरणमा निवाृचन हुने जिल्लालाई आधार मानेर मात्र तयार पारिएको हो । अझै दोस्रो चरणको निर्वाचन बाँकी रहेकाले यी प्रदेशमा अरु पनि मुख्यमन्त्रीको दाबेदार हुन सक्छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार  ०६ : २२  बजे

प्रतिक्रिया दिनुहोस
१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

कांग्रेस-एमाले मिलेपछि देशमा सुधार आउँदैछ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले

जसपा नेता यादवले भने: मधेश नेपालबाट अलग भएरै छोड्छ

    प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र

डाक्टरको आन्दोलनले बिरामी अलपत्र

    नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु