चुनाब नहुदै यसरी झुल्किए मुख्यमन्त्री,यी हुन् सातै प्रदेशका मुख्यमन्त्रीका हकवाला र यसरी हुदैछन मुख्यमन्त्री



हाम्रो इकोनोमि

प्रदेश र संघको निर्वाचनले यतिबेला देश तातेको छ । यतिबेला विशेषगरी नयाँ प्रयोग भएकाले प्रदेशसभाको निर्वाचनको विषयमा विभिन्न चर्चा परिचर्चा हुने गरेका छन् । अझ प्रदेशको मुख्यमन्त्रीको विषयमा त झन् चिया पसलमा समेत व्यापक गाईंगुई सुनिन्छ । कांग्रेस युवा नेता गगन थापाले मुख्यमन्त्रीमा आफ्नो इन्ट्रेस्ट देखाए तापनि सभापति शेरबहादुर देउवा कारण उनी ब्याक हुनु परेको खबर पनि सर्वविधितै छ । नेताहरुले मुख्यमन्त्रीकै लागि संघ छाडेर प्रदेश रोजेको जिषय पनि चर्चामै छ । यस्तोमा मंसिर १० गते ३२ जिल्लामा निर्वाचन हुँदैछ । पहिलो प्रदेश सभा निर्वाचनमा मुख्यमन्त्रीको सम्भावना बोकेका नेता को–को छन् त ?

प्रदेश १
प्रदेश नम्बर १ मा शेरधन राई मुख्यमन्त्रीका दावेदार हुन् । एमाले अध्यक्ष ओलीले मुख्यमन्त्रीको आश्वासन दिएकै कारण राई प्रदेशसभामा चुनाव लड्न तयार भएका छन् । उनी भोजपुर ‘ख’ बाट चुनाव लड्दैछन् । राई दुईपटक भोजपुरबाट निर्वाचित भई एकपटक मन्त्रीसमेत भइसकेका छन् ।

उता सुनसरीबाट प्रदेश सभामा चुनाव लड्न लागेका भीम आचार्य पनि मुख्यमन्त्रीको दाबेदार हुन् ।

कांग्रेसका तर्फबाट विश्वप्रकाश शर्मालाई मुख्यमन्त्रीको दावेदारका रुपमा हेरिए तापनि नेता विमलेन्द्र निधिका कारण उनको समभावना कम छ । उनको नाम झापा–१ बाट सिफारिस भइसकेको छ । यस्तोमा भीष्मराज आङदम्बेको सम्भावना बलियो छ ।

प्रदेश ३
प्रदेश नम्बर तीनमा एमाले नेता पशुपति चौलागाईं मुख्यमन्त्रीका दाबेदार हुन् । दोलखा प्रदेश ‘ख’ बाट चुनाव लड्न लागेका उनले यसका लागि लबिङसमेत थालिसकेका छन् । त्यसो त धादिङ १ ‘ख’ बाट उम्मेदवारी दिएका एमाले नेता राजेन्द्र पाण्डेलाई पनि भाबी मुख्यमन्त्रीको रुपमा हेरिएको छ । काठमाण्डुबाट प्रदेश सभामा भिड्न लागेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको छ ।

प्रदेश ४

प्रदेश चारमा लमजुङ ‘ख’ बाट चुनावी मैदानमा उत्रिएका एमाले सचिव पृथ्वीशुब्बा गुरुङ मुख्यमन्त्रीका दाबेदारह हुन् । पूर्वमन्त्री गुरुङ मुख्यमन्त्री बन्नकै लागि प्रदेशबाट चुनाव लड्न लागेका हुन् । पार्टी पनि उनीप्रति सकारात्मक छ ।

प्रदेश ६
हुम्लाबाट प्रदेश सभामा चुनाव लड्न लागेका कांग्रेस नेता जीवनबहादुर शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार हुन् । पूर्वमन्त्रीसमेत रहेका शाही हुम्ला ‘ख’ बाट चुनाव लड्दैछन् ।

उता माओवादीबाट महेन्द्रबहादुर शाही पनि मुख्यमन्त्रीको दावेदार बनेका छन् । कालिकोटबाट चुनाव लड्न लागेका उनी हालका बिना विभागीय मन्त्रीसमेत हुन् ।

प्रदेश ७

प्रदेश सातमा एमाले नेता कर्णबहादुर थापा मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । उनी मुख्यमन्त्री बन्न ७ नम्बर प्रदेशको समानुपातिकमा बसेका छन् ।

यो आँकडा पहिलो चरणमा निवाृचन हुने जिल्लालाई आधार मानेर मात्र तयार पारिएको हो । अझै दोस्रो चरणको निर्वाचन बाँकी रहेकाले यी प्रदेशमा अरु पनि मुख्यमन्त्रीको दाबेदार हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...