कहाँ हराए, माओवादी वडाध्यक्षका उम्मेदवार
इलाम । इलाम नगरपालिका–१२ का लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार घोषणा गरिएका नारायण राई दुई दिनदेखि बेपत्ता भएका छन् । सो पार्टीले शनिबार आयोजना गरेको आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार राई बेपत्ता भएका हुन्