मोदीले हिन्दीमा बोले, बालेनले नेपालीमा
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएका छन् । उक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीहरूले आ-आफ्नै देशको भाषामा सम्बोधन गरे ।
सुरुमा बोलेका मोदीले हिन्दीमा लिखित सम्बोधन वाचन गरेका थिए । त्यसपछि बोलेका बालेनले नेपाली भाषामा बोले । दुवैले सम्बोधन गर्दा कार्यक्रममा सहभागीहरूलाई अंग्रेजी अनुवादको अडिओ उपलब्ध गराइएको थियो । यसअघि दुई देशका प्रधानमन्त्रीको पत्रकार सम्मेलनमा दुवैले अंग्रेजी भाषामा बोल्ने आम प्रचलन थियो ।

