बाबुराम र उपेन्द्रले किन दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

संसदमा टेबुल गरिएको संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जन सहित संशोधन गरेर अगाडि नबढे राजनीतिक संकट आउने संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले चेतावनी दिएका छन। उपेन्द्र यादब र बाबुराम भट्टराईले यस्तो चेतावनी दिएका हुन्।

विज्ञप्तीको पूर्णपाठ
१. देशमा विद्यमान राजनीतिक समस्याहरुको समाधानको लागि पहिले देखि नै अल्झिएर थाति रहेको संविधान संशोधनको विषयलाई सम्बन्धित पक्षहरुसँग तत्काल वार्ता गरेर टुंगो लगाउन पहल गरिनु पर्दछ । सदनमा समेत टेबुल गरिएको संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जन सहित संशोधन गरी टुंग्याएर मात्रै अगामी निर्वाचनहरुका लागि सहज वातावरण बन्नेछ । अन्यथा, सो विषयले गम्भीर राजनीतिक संकट ल्याउन सक्नेछ ।

२. नेपाली जनताले लामो संघर्ष गरेर प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरेपक्षता, समावेशिता आदिजस्ता विषयलाई नकारात्मक प्रभाव पार्ने र उल्ट्याउन खोज्ने कुनै पनि गतिविधि हामीलाई स्वीकार्य हुने छैन । हामीले पहिले देखिनै तीन वटै निर्वाचन एकै चरणमा हुनु पर्ने विषय उठाउँदै आएको सर्वविदितै छ, तर पनि पहिले स्थानीय तहको निर्वाचन गरियो । स्थानीय तहको निर्वाचन पछि स्वतः प्रदेशको चुनाव सम्पन्न गर्नु नै सान्दर्भिक र उपयुक्त हुनेछ । संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थमा फेरी संघीयता व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्नेछ । त्यसैले, प्रदेशको चुनाव पहिले नै गरियोस् ।

३. राज्यको पुनर्संरचनामा प्रवेश गरिसकेर स्थानीय तहको निर्वाचन समेत भइसकेको अवस्थामा फेरी उही पुरानै संसदीय निर्वाचन क्षेत्र कायम राख्ने भन्ने विषषप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

कुनै पनि हालतमा पुरानै निर्वाचन क्षेत्र कायम राख्ने कुरा हामीलाई मान्य हुने छैन । यसले संघीयता र समावेशिता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई प्रतिकूल असर गर्ने भएकाले तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गरियोस् । राज्य पुनर्संरचनाको कुनै पनि बहस हुँदा आन्दोलनका उपलब्धिहरुबाट पछि हट्न पाइने छैन र राष्ट्रिय एकतालाई असर पार्ने कुनै पनि कार्य हामीलाई स्वीकार्य हुने छैन ।

बाबुराम भट्टराई -संयोजक, नयाँ शक्ति पार्टी, नेपाल

उपेन्द्र यादव- अध्यक्ष, संघीय समाजवादी फोरम, नेपाल

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...