दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ



काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताउनुभएको छ ।

काठमाडौँको सतुङ्गलमा रहेको बागेश्वरी अस्पतालको दशौँ वार्षिकोत्सवको उद्घाटन गर्दै नेता निधिले दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भए पनि अब एक÷दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताउनुभयो ।

नेता निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट फर्किएलगत्तै मन्त्रिमण्डल विस्तार हुने उल्लेख गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने भन्दै एक वर्ष संसद्को म्याद थप्ने हल्ला निराधार भएको बताउनुभयो । निर्वाचन क्षेत्र निर्धारण आयोग चाँडो गठन गर्ने र सोही आयोगले दिएको प्रतिवेदनका आधारमा मङ्सिर मसान्तभित्र प्रदेश र सङ्घीय संसद्को निर्वाचन हुने उहाँको भनाइ थियो ।

नागार्जुन नगरपालिकाका प्रमुख घनश्याम गिरीले जनतालाई स्वास्थ्य सेवा दिएर बागेश्वरी अस्पतालले समाज सेवामा ठूलो योगदान पु¥याएको बताउनुभयो । उहाँले अस्पताललाई आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्