सात दिनमा आयोग गठन गर्ने देउवाले संसद्को संख्या कति राख्ने भए?



सांसदको संख्या १६५ नै कायम हुने प्रतिबद्धता सहित प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताभित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने विश्वास दिलाएका छन ।निर्वाचन आयोगका प्रमुख आयुक्त, सचिव सहितको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो प्रतिबद्धता ब्यक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने बताएका छन् ।

 

आईतबार प्रधानमन्त्री देउवालाई भेट्न निर्वाचन आयोगको टोली सिंहदरबार पुगेको थियो । ‘हामीले अब बाँकी रहेका निर्वाचन समयमै सम्पन्न गर्न आयोग गठन गर्न आग्रह गरेपछि प्रधानमन्त्रीज्यूले यो काम हप्ताभित्र हुन्छ भन्नुभएको छ’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘हामीले बन्न बाँकी कानुनको कुरा पनि उठाएका छौं।’आयोग पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले प्रदेशसभा र संसदीय निर्वाचनका लागि आकर्षित हुने र बन्न बाँकी कानुन बनाउन विधेयकहरु ‘फास्ट ट्रयाक’बाट अगाडि बढाइने जानकारी पनि दिए।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका

देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन