ललितपुरलाई ‘नमुना’ महानगरपालिका बनाउन चिरीबाबुले ल्याए, ३ अर्ब २२ करोडको बजेट



हाम्रो इकोनोमि

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई नमूना महानगरपालिका बनाउने घोषणा गरेका हुन् ।

ललितपुर महानगरपालिकाको प्रथम नगर सभाको उद्घाटन गर्दै उनले सांस्कृतिक, समुन्नत र स्वस्थ शहरसहितको नमूना शहर बनाउने उद्घोष गरेका छन्।

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, दिगो शहरी पूर्वाधारको विकास, वैकल्पिक उर्जा प्रवद्र्धनको विकास, लैंगिक समानता, पर्यटन विकास, भौतिक पूर्वाधार नीतिलाई प्राथमितामा राखेको उनको भनाई थियो ।

महानगपालिकाका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने, निःशुल्क स्वास्थ्यको व्यवस्था गर्ने, फोहोरमैला व्यवस्थापन र वातावरण सुधार नीतिलाई अवलम्बन गरिने उनको भनाई थियो ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले स्थानीय सरकारको अवधारणाअनुसार महानगरले जनताको सेवामा काम गर्ने विश्वास व्यक्त गरे ।

उनले बजेट तथा नीति कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने आश्वासन दिए ।

 

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...