ललितपुरलाई ‘नमुना’ महानगरपालिका बनाउन चिरीबाबुले ल्याए, ३ अर्ब २२ करोडको बजेट



ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई नमूना महानगरपालिका बनाउने घोषणा गरेका हुन् ।

ललितपुर महानगरपालिकाको प्रथम नगर सभाको उद्घाटन गर्दै उनले सांस्कृतिक, समुन्नत र स्वस्थ शहरसहितको नमूना शहर बनाउने उद्घोष गरेका छन्।

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, दिगो शहरी पूर्वाधारको विकास, वैकल्पिक उर्जा प्रवद्र्धनको विकास, लैंगिक समानता, पर्यटन विकास, भौतिक पूर्वाधार नीतिलाई प्राथमितामा राखेको उनको भनाई थियो ।

महानगपालिकाका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने, निःशुल्क स्वास्थ्यको व्यवस्था गर्ने, फोहोरमैला व्यवस्थापन र वातावरण सुधार नीतिलाई अवलम्बन गरिने उनको भनाई थियो ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले स्थानीय सरकारको अवधारणाअनुसार महानगरले जनताको सेवामा काम गर्ने विश्वास व्यक्त गरे ।

उनले बजेट तथा नीति कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने आश्वासन दिए ।

 

प्रतिक्रिया दिनुहोस
न्यायालयलाई गठबन्धनको विभाग जस्तो बनाउन खोजियो : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले न्यायपालिकालाई आफ्नो विभागजस्तो

हिंसा थालेको दिन जनयुद्ध दिवस हुन सक्दैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई अर्को क्याबिनेटबाट जनयुद्ध दिवसको

राष्ट्रपतिबाट भएको कैद मिनाहामाथि ओलीको प्रश्न

    प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)