पराजुलीको नाम अनुमोदित, अब बन्ने भए प्रधानन्यायाधीश



काठमाण्डौं । आइतबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम अनुमोदन गरेको छ । प्रस्तावित प्रधानन्यायाधीसका उम्मेदवार पराजुलीले आफ्नो भावी कार्ययोजना, लक्ष्य र कार्यक्रम पेश गरेपछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको समितिका सदस्य प्रकाशशरण महतले बताए।

न्यायाधीसमा सिफारिस हुँदा उजुरीको ठेली नै बेहोरेका पराजुलीलाई यसपटक भने समितिमा कुनै उजुरी परेको छैन ।

असारको तेस्रो साता बसेको संवैधानिक परिषदको बैठकले न्यायपरिषदबाट सिफारिस भएर आएका ६ जना न्यायाधीसमध्ये वरिष्ठताका आधारमा पराजुलीलाई प्रधानन्यायाधीस पदमा नियुक्तिको सिफारिससहित संसदीय सुनुवाईका लागि संसद सचिवालयमा पत्राचार गरेको थियो।

तत्कालिन प्रधानन्यायाधीस सुशीला कार्कीले जेष्ठ २४ गते अनिवार्य अवकास लिएपछि पराजुली कामु प्रधानन्यायाधीसको रुपमा कार्यरत रहदैआएका थिए।समितिमा ३९ वटा योजना पेश गरेका उनले मुस्कानसहितको सेवा सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि