समाचार

द्वन्द्वपीडितलाई पाँच करोड बढी राहत

दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा जिल्लामा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोड बढी राहत वितरण भएको छ । जिल्लाका १९० जना द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी, वेदनिधि खनालले बताउनुभयो ।