कोरीया भाषा परीक्षाको नतिजा भोलि प्रकाशित हुने, यसरी हेर्न सकिन्छ नतिजा



हाम्रो इकोनोमि

रोजगारको लागी दक्षीण कोरीया जान अनुमति प्रणाली(ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा भोलि विहान १० बजे प्रकाशित हुदैछ ।

यो वर्ष झण्डै ६८ हजारभन्दा बढीले कोरियन भाषा परीक्षा दिएका छन् । परीक्षा आवेदन भने साढे ७५ हजारले भरेका थिए ।

गत वर्ष जम्मा ३ हजार ४ सय ६४ जना छनोट भएकोमा यस वर्ष कोरियाले कामदार संख्या बढाएर १० हजार २ सय जना लैजान लागेको छ। पास हुने परीक्षार्थीलाई २०१७ को अन्त्यबाट कोरिया लैजाने काम सुरु हुने बताइएको छ।

कसरी हेर्ने नतिजा ?

नतिजा हेर्नको लागि नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभाग अन्तरगत ई. पी. एस. कोरिया शाखाको वेब साइट http://www.dofe.gov.np/new/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वेब साइट http://www.mole.gov.np/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको बैदेशिक रोजगार विभागको बेव साइट http://www.dofe.gov.np/new/, अथवा इपिएस कोरियाको वेब साइट https://www.eps.go.kr/ मा मा हेर्न सक्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...