स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव



हाम्रो इकोनोमि

 

 निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा आयोगले यस्तो तालिका प्रस्ताव गरेको हो ।

निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू सहभागी थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका थिए । तर उनी पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा बस्न भनेर आफू बाहिरिएका थिए ।

छलफलमा नेकपाका संयोजक प्रचण्डले स्थानीयको वैशाखमा र प्रदेशको मंसिरमा चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव उपयुक्त देखिएको बताए । प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभाको निर्वाचन मङ्सिरमा गर्ने गरी निर्वाचन आयोगले प्रस्तुत गरेको समयतालिका उपयुक्त देखिएको उल्लेख गर्दै यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने बताएका छन् ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । प्रदेशको निर्वाचन २०७९ मंसिर ४ गते भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल आगामी २०८४ साल वैशाख ३० मा सकिँदैछ ।

गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुन्छ । अघिल्लो निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन अब करिब पाँच महिना बाँकी छ । यो पृष्ठभूमिमा निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको आयकर योगदान ३१ अर्ब ९३ करोड

     नबिल बैंकले स्थापना भएदेखि आर्थिक वर्ष २०८२/८३ सम्म सरकारलाई ३१ अर्ब...

आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी

    नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी...

तोलामा १२ हजार दुई सयले घट्यो सुनको भाउ

    स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला...

प्रधानमन्त्रीको भारत भ्रमण दलमा दुई मन्त्रीसहित ३४ सदस्य

  प्रधानमन्त्री बालेन्द्र शाह आइतबार दुई दिने भारत भ्रमणमा जाने भएका छन् ।...