परराष्ट्रमन्त्री महरासँग म्यानमारका राजदूतको भेट



हाम्रो इकोनोमि

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यान्मारका राजदूत ल्विन ऊले शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र म्यान्मारबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले मित्रता, सहकार्य र समानतामा आधारित दुई देशबीचको सम्बन्ध शान्तिदूत गौतम र उहाँका दर्शनले अझै प्रगाढ बनाएको बताउनुभयो ।

उहाँले हालै दुई देशबीच हवाई सम्बन्ध स्थापना भएको उल्लेख गर्दै नेपाल– म्यान्मारबीचमा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री महराले नेपाल र म्यान्मारबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरी आपसी चासो र हितका विषयलाई अझ विस्तार गरिने धारणा राख्नुभयो ।

सो अवसरमा राजदूत ल्विनले बर्सेनि २० हजार देखि २५ हजारसम्म म्यान्मारका पर्यटक नेपाल आउने गरेको जानकारी गराउँदै दुई देशबीच जनस्तरसम्म विस्तार भएको बताउनुभयो । उहाँले दुई देशबीच परामर्श संयन्त्रका लागि आवश्यक पर्ने सबै तयारी आफ्नो देशका तर्फबाट पूरा गर्न पहल गर्ने बताउनुभयो ।

यसैबीच, परराष्ट्रमन्त्री महरासँग इन्टरनेसनल कमिटी अफ द रेड क्रस ९आइसिआरसी०का नेपाल प्रमुख आन्द्रे पक्विटले शिष्टाचार भेटवार्ता गर्नुभयो ।

सो अवसरमा आन्द्रेले आगामी अगष्ट २० देखि २३ सम्म नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी क्षेत्रीय सम्मेलनको विषयमा उपप्रधानमन्त्री महरालाई जानकारी गराउनुभएको उपप्रधानमन्त्री महराका प्रेस संयोजक हरि लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...