यी हुन् बाचा पुरा गर्ने बबन,संघलाइ निशुल्क दिए आफ्नै भवन



चुनाबमा गरेको प्रतिबद्दतालाइ अक्षरश पालना गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित सदस्य बबन कुमार सिंहले संघलाई आफुले उपलब्ध गराउने घरमा सरिदीन आग्रह गरेका छन ।मनकारी सिंहले निः शुल्क रुपमा मिथिला भवनको केहि तला संघलाइ दिने भएका हुन् ।

संघको २५ औं साधरणसभाको चुनावि दौडमा मिथिला मेनपावर सर्भिस प्रालीका प्रबन्ध निर्देशक बबन कुमार सिंहले मिथिला भवनमा संघको कार्यलयका लागि भवन दिने प्रतिबद्धता गरेका थिए ।उनले प्रतिबद्धता अनुसार कार्यन्वयनका लागि संघसँग औपचारिक पत्र लेखेर मिथिला भवन संघको कार्यालयका लागि निः शुल्क रुपमा उपलब्ध गराएका हुन् । एयरपोर्टको मूल गेटको सम्मुखमा रहेको मिथिला भवनको तीन फ्ल्याट निशुल्क रुपमा दिने निर्णय गर्दै संघको कार्यालय बत्तीसपुतली बाट त्यहाँ सार्न उनले ताकेता गरेका छन ।उनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई सम्बोधन गरी लेखेको पत्रमा घर धनी उनको आमा शुसिला देवी, आफू स्वयमको साथै सजनी सिह पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेको छ ।संघको आफ्नै भवन निर्माण नभए सम्मका लागि उनले सो भवन निशुल्क दिने बताएका छन।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्