यथास्थितिमा तेस्रो चरणको निर्वाचनमा सहभागी हुँदैनौँ: अध्यक्ष ठाकुर



रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले यथास्थितिमा तेस्रो चरणको निर्वाचनमा आफूहरू सहभागी नहुने स्पष्ट पारेका छन् ।ठाकुरले संविधान संशोधन आफूहरूको प्रमुख एजेन्डा भएकाले त्यसको पूर्णता बिना यथास्थितिमा आफूहरु निर्वाचनमा सहभागी नहुने धारणा राखेका हुन् ।

उनले हाल संविधान संशोधनका लागि सत्तापक्षले दुई तिहाई मत पुर्‍याउन लागेता पनि एमाले बिगत देखिनै आफूहरूको मागको विपक्षीमा रहेकोले संविधान संशोधनले पूर्णता पाउन नसक्ने उनका जिकिर थियो ।

आफूहरूका मागबारे सरकारले जहिले पनि स्पष्ट व्यवहार देखाउन नसकेको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भने, “सरकारले आफूले गरेको बाचाहरू पूरा नगर्दा समस्या झनै बल्झँदै गएको छ ।”

उनले सरकारले आफ्नो दलले भाग नलिए पनि आफ्ना कार्यकर्ताहरुमाथि दमन गरि पहिलो र दोस्रो चरणको निर्वाचन गरेकाले अब तेस्रो चरणको निर्वाचन पनि दमन शैली अपनाइएर गर्ने बताए । उनले तराईमा आफ्नो निहत्था कार्यकर्ताहरुमा सरकार पक्षबाट धरपकड भइरहेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने र तराई आन्दोलनमा घाईतेको उपचार, जेलमा भएकाहरुलाई तत्काल रिहा गर्नुपर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप लगाए  ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्