यथास्थितिमा तेस्रो चरणको निर्वाचनमा सहभागी हुँदैनौँ: अध्यक्ष ठाकुर



हाम्रो इकोनोमि

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले यथास्थितिमा तेस्रो चरणको निर्वाचनमा आफूहरू सहभागी नहुने स्पष्ट पारेका छन् ।ठाकुरले संविधान संशोधन आफूहरूको प्रमुख एजेन्डा भएकाले त्यसको पूर्णता बिना यथास्थितिमा आफूहरु निर्वाचनमा सहभागी नहुने धारणा राखेका हुन् ।

उनले हाल संविधान संशोधनका लागि सत्तापक्षले दुई तिहाई मत पुर्‍याउन लागेता पनि एमाले बिगत देखिनै आफूहरूको मागको विपक्षीमा रहेकोले संविधान संशोधनले पूर्णता पाउन नसक्ने उनका जिकिर थियो ।

आफूहरूका मागबारे सरकारले जहिले पनि स्पष्ट व्यवहार देखाउन नसकेको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भने, “सरकारले आफूले गरेको बाचाहरू पूरा नगर्दा समस्या झनै बल्झँदै गएको छ ।”

उनले सरकारले आफ्नो दलले भाग नलिए पनि आफ्ना कार्यकर्ताहरुमाथि दमन गरि पहिलो र दोस्रो चरणको निर्वाचन गरेकाले अब तेस्रो चरणको निर्वाचन पनि दमन शैली अपनाइएर गर्ने बताए । उनले तराईमा आफ्नो निहत्था कार्यकर्ताहरुमा सरकार पक्षबाट धरपकड भइरहेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने र तराई आन्दोलनमा घाईतेको उपचार, जेलमा भएकाहरुलाई तत्काल रिहा गर्नुपर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप लगाए  ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...