समाचार

कलिला किशोरीलाई यसरी यौन कार्यमा बाध्य पारिन्छ

  लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको छ। लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक समूहका अनुसार उत्तर कोरियालीहरूलाई अपहरण गरिन्थ्यो र यौनकर्मीका रूपमा बेचिन्थ्यो