म लोकल रक्सी पिउँदै पिउँदिन, नेपाली वियर चाँहि खान्छु– हाँस्यकलाकार शिवहरी पौडेल



हाम्रो इकोनोमि

 

 

२५ बर्ष लगातार रक्सी सेवन गरेका हास्यकलाकार शिवहरी पौडेल बिगत ९ बर्षदेखि सदाचारी बनेका थिए । तर शुत्र गतेको फिल्मले फेरी उनको संगत मदिरासँग गराई दिएको छ । ‘२५ बर्ष रक्सी खाएपछि बीचमा ९ बर्ष छोडेको थिएँ, तर साथीले पिलायो मलाई’ उनले भने ‘राजधानी काठमाडौंमा मदिरा पिउँदिन, बाहिर गएको बेला छोड्दिन ।’

 

नेपाली हास्य जगतका अब्बल कलाकार हुन् शिवहरी पौडेल । तर उनी मदिराको कुलतबाट भने मुक्ति पाउन सकेका छैनन् । पहिले उनी लोकल रक्सी पनि पिउथे तर आजभोली विदेशी रक्सी र नेपाली वियर मात्र पिउने गरेका छन् । ‘म काठमाडौंमा रक्सी पिउँदिन किनकी यहाँ मापासेको समस्या छ, बाहिर त टन्न पिउन मन लाग्छ’ उनले भने ‘म लोकल रक्सी पिउँदिन, महँगो भएपनि विदेशी रक्सी नै पिउने गरेको छु । नेपाली वियर मात्र पिउछु ।’

 

विदेशी रक्सी पिने बानी गरेपछि जस्ले पायो त्यसले पिलाउन नसक्ने बताए । पिलाउन खोजेपनि थोरै पिलाउने गरेको उनको अनुभव छ । लोकल पिउन थाल्दा जसले पनि पिलाउन खोज्ने भएका कारण विदेश रक्सी मात्र पिउने गरको उनले बताए ।

 

नेपालका अधिकाँस कलाकार मदिराका शौखिन छन् । ति मध्येका शिवहरी पनि हुन् । उनले मदिराविनाको रात ९ बर्ष कटाए । तर फेरी उनी मदिरासँग रात विताउने गरेका छन् । मदिरा छोड्दा साथीहरुसँग साथ छुटेको अनुभव गर्दछन् । ‘ए त्यो त केही खाँदैन नबोलाउ भन्छन् साथीहरु, अहिले अलि साथ छुटेको छ’ पौडेले भने ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...