छात्राहरुलाई विद्यालयमै आत्मसुरक्षा तालिम दिइने



हाम्रो इकोनोमि

 

प्रदेश नं २ मा महिलामाथि हिंसासहितको विभिन्न घटना बढिरहेको अवस्थामा प्रदेश सरकारले विद्यालयमा अध्ययनरत छात्राका लागि आत्मसुरक्षा तालिमको शुभारम्भ गरेको छ । प्रदेश नं २ का आठवटै जिल्लाका विद्यालयमा यो तालिम सञ्चालन हुनेछ ।

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जनविकास केन्द्रमार्फत सञ्चालन भएको तालिममा विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षाको तालिम दिइनेछ ।

तालिमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले महिला हिंसा बढिरहेको अवस्थामा विद्यालयमा पढ्ने छात्राहरुलाई आत्मसुरक्षाका लागि तालिमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

कानूनमन्त्री यादवले शिक्षा, स्वास्थ्य तथा अवसरका दृष्टिले मुलुकमै पछि परेको प्रदेश नं २ का किशोरीहरुलाई शारीरिक तथा मानसिकरूपले सक्षम बनाउन आत्मरक्षा तालीम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो ।

समाजिक विकास मन्त्रालयले रु एक करोड खर्च गरेर विद्यालयमा तालीमको आयोजना गर्न लागेको समाजिक विकास मन्त्री नवलकिशोर साहले जानकारी दिनुभयो । उहाँले तालीमपछि छात्रामा आत्मबलको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

लैङ्गिक हिंसाका कारण किशोरीहरुले अध्ययनलाई निरन्तरता दिन नसकेको बताउँदै मन्त्री साहले छात्राको मनोबल बढाउनका लागि आत्मरक्षा तालीमअन्तर्गत कराते तथा शारीरिक कसरतजस्ता सामान्य परीक्षण दिइने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले “स्वास्थ्यका लागि खेलकूद, राष्ट्र निर्माणका लागि खेलकूद” भन्ने मूल नारासाथ आयोजना गरेको १५ दिने आत्मरक्षा तालीममा प्रदेश नं २ मातहतका ६४ सामुदायिक विद्यालयका छ हजार ४०० विद्यार्थी सहभागी छन् । सहभागीलाई प्रदेश नं २ का प्रमुख प्रशिक्षक मोहम्मद असगर खानले आत्मरक्षा तालीम दिइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...