वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात



हाम्रो इकोनोमि

 

 

 नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत समावेश छ । तर, व्यापार हिस्सा हेर्दा वीरगञ्ज एक्लैले आधा भार बेहोरिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधि (साउन–असोज) सम्म कुल ६ खर्ब ४६ अर्ब बराबर वस्तु आयात भएको छ । जसमध्ये वीरगञ्ज भन्सार नाकाबाट मात्र ४८.३० प्रतिशत बराबर आयात भएको छ ।

यस नाकाबाट कुल ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस नाकाबाट नेपाल भित्रने पेट्रोलियम पदार्थको ठूलो हिस्सा आयात हुन्छ । निर्यातमा समेत यस नाकाको हिस्सा ठूलो छ । विभागका अनुसार साउनसम्म कुल १ खर्ब १४ अर्ब बराबर वस्तु निर्यात भएको छ । जसमा वीरगञ्जबाट ४७ अर्ब ९२ करोड बराबर वस्तु निर्यात भएको छ ।

१० भदौको बाढीले नेपाल–चीन व्यापारलाई मुस्ताङ नाकामा सीमित गरेको छ । सोही नाकासमेत कालीगण्डकी नदीको बाढीले प्रभावित गरेसँगै अहिले भारततर्फका नाकामा व्यापार केन्द्रित हुन पुगेको छ ।

आयाततर्फ वीरगञ्जपछि दोस्रो व्यस्त नाका भैरहवा बन्न पुगेको छ । यस नाकाबाट ९८ अर्ब ८१ करोड बराबर वस्तु भित्रिएको छ । जुन १५.२८ प्रतिशत हो । तेस्रो स्थानमा विराटनगर नाका छ । जहाँबाट ७८ अर्ब ३३ करोडको वस्तु नेपाल भित्रिएको छ । यो कुल आयातको १२.११ प्रतिशत हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ अर्ब ६२ करोड बराबर वस्तु आयात भएको छ ।

यो कुल आयातको ७.९८ प्रतिशत हिस्सा हो । यसबाहेक अन्य भन्सार विन्दुको हिस्सा न्यून छ । नेपालगञ्ज नाकाबाट तीन महिनामा २३ अर्ब ९१ करोड, मुस्ताङ नाकाबाट २२ अर्ब ३ करोड र मेची भन्सारबाट २१ अर्ब ४० करोडको वस्तु भित्रिएको छ । रसुवागढी नाकामा बाढीको प्रहारपछि चोभारस्थित सुक्खा बन्दरगाहको चहलपहल समेत घटेको छ । तीन महिनामा यस भन्सार विन्दु हुँदै ४ अर्ब १४ करोडको मात्र वस्तु आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस
सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...