कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने



हाम्रो इकोनोमि

 

 


नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीको संख्या बढाउने प्रस्ताव निर्णयार्थ बन्द सत्रमा लैजाने निर्णय गरेको हो । बैठकले वरिष्ठ उपसभापतिको पद सिर्जना गर्ने भएको छ । उपसभापति महिलासहित ३, महामन्त्री ३ र सहमहामन्त्री १५ बनाउने निर्णय गरेको हो ।

संशोधित विधानअनुसार कांग्रेसमा अब २१ जना पदाधिकारी रहने छन् । उपसभापति अब ४ जना हुनेछन् । त्यसमा १ वरिष्ठ उपसभापति हुने छन् । उपसभापति र महामन्त्री सबै निर्वाचित हुने व्यवस्था गरिन लागिएको छ । एकजना महिला अनिवार्यसहित महामन्त्री ३ जनाको प्रस्ताव गरिएको छ । यसअघि दुईजना हुने व्यवस्था थियो । ११ जना सहमहामन्त्रीबाट ४ थपेर १५ जनाको प्रस्ताव गरिएको छ । जसमा खुला २ बाहेक अन्य समावेशी र सभापतिले मनोनीत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...