कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने



हाम्रो इकोनोमि

 

 


नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीको संख्या बढाउने प्रस्ताव निर्णयार्थ बन्द सत्रमा लैजाने निर्णय गरेको हो । बैठकले वरिष्ठ उपसभापतिको पद सिर्जना गर्ने भएको छ । उपसभापति महिलासहित ३, महामन्त्री ३ र सहमहामन्त्री १५ बनाउने निर्णय गरेको हो ।

संशोधित विधानअनुसार कांग्रेसमा अब २१ जना पदाधिकारी रहने छन् । उपसभापति अब ४ जना हुनेछन् । त्यसमा १ वरिष्ठ उपसभापति हुने छन् । उपसभापति र महामन्त्री सबै निर्वाचित हुने व्यवस्था गरिन लागिएको छ । एकजना महिला अनिवार्यसहित महामन्त्री ३ जनाको प्रस्ताव गरिएको छ । यसअघि दुईजना हुने व्यवस्था थियो । ११ जना सहमहामन्त्रीबाट ४ थपेर १५ जनाको प्रस्ताव गरिएको छ । जसमा खुला २ बाहेक अन्य समावेशी र सभापतिले मनोनीत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...