विश्वकप २०२२: १४ सय नेपालीकाे ज्यान लिएर बनेकाे कतारी रंगशाला (भिडियाे)



हाम्रो इकोनोमि

सन् २०२२ मा कतारले विश्वकप फुटबलको आयोजना गर्दैछ। अरब मुलुकले विश्वकपको आयोजना गर्न लागेको यो पहिलो पटक हो। सन् २०१० डिसेम्बर २ तारिखका दिन कतारमा विश्वकप आयोजना हुने घोषणा भएको थियो।

विश्वकपका लागि फुटबल रंगशाला चाहिन्छ। कतारले रंगशाला निर्माणको लागि हजारौँ कामदार आफ्नो देशमा मगायो। नेपालबाट पनि हजारौँ कामदार त्यहाँ पुगेका छन्। तर रंगशाला निर्माण हुन थालेयताका ९ वर्षको अवधिमा रंगशाला निर्माण गर्न गएका करिब १४ सय नेपालीको मृत्यु भएको अरब न्युजले जनाएको छ।

डब्लूडिआरको खोजमूलक भिडियो डकुमेन्ट्रीको आधारमा अरब न्युजले यो तथ्य सार्वजनिक गरेको हो। डब्लूडिआरका अनुसार कतारमा रंगशाला बनाउन गएका हजारौँ नेपालीमध्ये १ सय १० जनाको प्रत्येक बर्ष मृत्यु हुने गरेको छ। कतार रंगशाला निर्माणका क्रममा निधन भएका नेपाली परिवारले कतारबाट कुनै राहत तथा अनुदान नपाएको गुनासो डकुमेन्ट्रीमार्फत् गरेका छन्।

भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...