मन्त्री हेरफेरको अन्तिम तयारीमा प्रधानमन्त्री ओली, को को छन रेड जोनमा



हाम्रो इकोनोमि

 

अहिले अहिले मन्त्रीपरिषद हेरफेर गर्ने कुराले सर्वाधिक चर्चा पाइरहेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको दवाव र सुझावपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद पुर्नगठनको तयारीमा लाग्नु भएको हो । वर्तमान मन्त्रीपरिषदले अनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो पार्टी भित्र र बाहिर चुलिएका बेला प्रधानमन्त्री ओली मन्त्री हेरफेरको तयारीमा जुट्नु भएको हो ।

 

 

सरकारको कार्यसम्पादनलाई कसरी प्रभावकारी बनाउने र कुन कुन मन्त्रीलाई विदाई गर्ने र कसलाई ल्याउने भन्ने बिषयमा ओलीले गृहकार्य शूरु गर्नुभएको छ । ओलीले मन्त्रीको हेरफेर गर्ने बिषयमा नेकपाका शीर्ष नेता र आफु निकटका नेताहरुसँग छलफल गर्दै आउनु भएको छ । तर कुन विधिबाट मन्त्रीपरिषद हेरफेर गर्ने भन्नेमा भने अझै टुंगो लाग्न सकेको छैन ।

 

प्रधानमन्त्री ओलीले कम्तिमा पाँच मन्त्रीलाई विदाई र छ मन्त्री नियुक्तिको तयारी गर्न लाग्नु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनसहित ६ जना नयाँ अनुहार ल्याउने तयारी प्रधानमन्त्रीले गर्नुभएको छ । अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले पनि आफुलाई अनुकुल र कार्यसम्पादन राम्रो हुनेगरी मन्त्रीपरिषद हेरफेर गर्न ओलीलाई सुझाव दिइसक्नु भएको छ । दुवै सदनबाट बजेट पारित भएलगत्तै मन्त्रिमण्डलमा हेरफेर गर्ने तयारी सुरु भएको छ ।

 

आगामी आर्थिक वर्षको बजेट राष्ट्रियसभाबाट १२ र प्रतिनिधिसभाबाट १३ गते पारित गर्ने कार्यसूची छ । प्रधानमन्त्रीले असार तेस्रो सातासम्म ‘क्याबिनेट मन्त्री’ हरूलाई आफ्नो ‘वार्षिक कार्यप्रगति’ विवरण बुझाउन निर्देशन दिनु भएको छ । मन्त्रीहरुको कार्यप्रगति हेरेर मन्त्रीहरुलाई हटाउने वा राख्ने बिषयमा प्रधानमन्त्रीले अन्तिम निर्णय लिने निकट?ोतले जानकारी दिएको छ ।

 

प्रधानमन्त्री कार्यसम्पादनको आधारमा मन्त्री हटाउने भएमा उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, वनमन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ पहिलो निशानामा पर्नेछन् । उनीहरुले खास जनतामा सेवा डेलिभरी गर्न नसकेको प्रधानमन्त्री कार्यालयको बुझाई छ । तर यी मन्त्रीहरुलाई विदाई गर्दा प्रधानमन्त्री ओली थप घेराबन्दीमा पर्ने सम्भावना पनि उत्तिकै छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...