नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो



हाम्रो इकोनोमि

 

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब १८ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ सय २२ प्रतिशतले बढेको हो । एनआइएमबी बैंकले गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ४ करोड ५० लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यसको तुलनामा चालु आवको पहिलो तीन महिनामा बैंकको नाफामा उल्लेख्य वृद्धि भएको हो ।

चालु आवको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी तीन अर्ब २७ करोड १६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशनबाट ५९ करोड २१ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ३४ करोड ९४ लाख ७९ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ६९ करोड ७ लाख ५ हजार रुपैयाँ रहेको छ । यद्यपि, बैंकको वितरणयोग्य नाफा भने ५ अर्ब १६ करोड १६ लाख ३० हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

 

निक्षेप र कर्जा दुवै बढे

असोज मसान्तसम्म एनआइएमबी बैंकको निक्षेप संकलन १०.७५ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोजसम्म बैंकले ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । यसैगरी, बैंकको कर्जा प्रवाह ०.३३ प्रतिशतले बढेर ३ खर्ब २२ अर्ब ४१ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ६६.७३ प्रतिशत कायम भएको छ ।

प्रतिशेयर आम्दानीमा पनि सुधार

एनआइएमबी बैंकको प्रतिशेयर आम्दानी उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ०.५३ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी चालु आवको सोही अवधिमा बढेर १३.८५ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.८९ गुणा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...