सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल



हाम्रो इकोनोमि

 

भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको अवस्थामा संचालनमा रहेको नेपाल–चीनबीच सामान आयात निर्यात हुने मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको साढे तीन महिनामै ११ अर्ब ४५ करोड ४७ लाख राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८३/०८४ मा ९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको मुस्ताङ भन्सार कार्यालयले कात्तिक १५ गतेसम्म लक्ष्यभन्दा २ अर्ब ४५ करोड ४७ लाख बढी राजस्व संकलन गर्न सफल भएको छ । साढे तीन महिनामा लक्ष्यभन्दा करिब साढे २ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक बिदुर चुडाललाई सरकारले पुरस्कृत गर्नुपर्नेमा ऐन नियमबिपरीत सरुवा गरेको छ । र, बिचौलिया ब्यापारीको सेटिङमा उपसचिव अनन्तप्रसाद तिम्सिनालाई मुस्ताङ भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकका रुपमा सरुवा गरेको छ । गएको असोज २३ गतेको सरुवामा चुडाललाई जनकपुर भन्सार कार्यालयको प्रमुखमा खटाइएको छ । जबकि कुनै पनि कर्मचारीलाई २ बर्षसम्म सरुवा गर्न नपाउने ब्यवस्था निजामती सेवा नियमावलीमा गरिएको छ ।

भन्सार बिभागमा दोहोरिएर महानिर्देशक भएका यमलाल भूसालले ब्यापारी मेख गुभाजुको सेटिङमा अर्थमन्त्रालयका सचिव घनश्याम रेग्मीलाई समेत कन्भिन्स गरी तस्करी रोकी राजस्व उल्लेख्य संकलन गर्ने भन्सार प्रमुख चुडाललाई मुस्ताङ भन्सारबाट सरुवा गरेको आरोप छ । मेख गुभाजुको सेटिङमा कैलाली भन्सारको प्रमुख भन्सार प्रशासकबाट अनन्तप्रसाद तिम्सिनालाई मुस्ताङमा सरुवा गराइएको स्रोतको दाबी छ । चुडालले भन्सार नाकामा कडाइपूर्वक चेकजाँच गरेपछि भेप तस्करी बन्द भएको थियो । जसका कारण विगतमा रमेश खड्का भन्सार प्रमुख हुँदा भेप तस्करी गर्दैआएको समूह पनि उनलाई सरुवा गराउन लागेको थियो ।

यसैबीच भोटेकोशी बाढीले रसुवागढीको नाका पूर्णतया बन्द भएको र तातोपानी नाका चीनले संचालनमा बिलम्ब गरेकाले मुस्ताङको कोरला नाका नै चिनियाँ सामान आयात हुने मुख्य नाका भएको छ । कोरला भन्सारबाट बिगत ६ महिनामा तस्करी गर्न नपाएको बिचौलिया ब्यापारीको समूहले भन्सार बिभागका महानिर्देशक यमलाल भूसालदेखि अर्थमन्त्रालयका सचिव घनश्याम रेग्मी र डा.स्वर्णिम वाग्लेसम्म सेटिङ मिलाएर भन्सार प्रमुख बिदुर चुडाललाई सरुवा गराएको खुलेको छ । मुस्ताङ भन्सार कार्यालयमा उपसचिवको दरबन्दी कायम भएपछि ६ महिनाअघि पदस्थापन भएका बिदुर चुडाललाई निजामती सेवा ऐन– नियमबिपरीत २०८३ असोज २३ गते भएको अर्थमन्त्रालय अन्तर्गतका ८५ उपसचिवको सरुवामा जनकपुर भन्सार कार्यालयमा हुत्याइएको छ ।

निजामती सेवा ऐन नियममा कम्तीमा २ बर्षसम्म सरुवा गर्न पाइँदैन । विगत ६ महिनामा भन्सारछली तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्दैआएका उपसचिव चुडाललाई तत्कालीन भन्सार प्रमुख रमेश खड्कासँग सेटिङमा सामान भित्र्याउँदैआएको मेख गुभाजूको एक बिचौलिया ब्यापारीको समूहले ६ महिनामै सरुवा गर्न सफल भएको छ । र, कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनालाई मुस्ताङ भन्सारको प्रमुखमा सरुवा गराउन सफल भएको छ । कोरला नाकाबाट चिनियाँ सामान भित्र्याउँदैआएका केही ब्यापारी र क्यारिङवालाहरुको तर्फबाट गुभाजुले नै भन्सार बिभागका महानिर्देशक भूसाल र अर्थमन्त्रालयसम्म सेटिङ मिलाई उपसचिव तिम्सिनालाई कैलाली भन्सारबाट मुस्ताङ भन्सारमा सरुवा गराउन सफल भएको  नेपाल फेसले जनाएको छ ।

भन्सार बिभागको महानिर्देशकमा भूसाल आएपछि कोरला भन्सार प्रमुख चुडाललाई मेख गुभाजूसहितका ब्यापारीको समन्वयमा काम गर्न दबाब दिएका थिए । तर उनले डीजी भूसालको दबाब ठाडै अस्वीकार गरी ब्रान्डेड सामानको न्यून मूल्यांकन गर्न, एकथोक सामान घोषणा गर्ने र अर्को थोक ल्याउन रोके । त्यतिमात्र होइन, विद्युतीय चुरोट भेपमा कडाइ गरेपछि गुभाजूसहितका ब्यापारी र क्यारिङवालाहरुले डीजी भूसालमार्फत् सेटिङ मिलाएर तिम्सिनालाई मुस्ताङ भन्सारको प्रमुखमा सरुवा गराउन सफल भएका छन् । भेप तस्करीका बादशाह दिपेश चालिसेको समूहसमेत तिम्सिनालाई मुस्ताङ भन्सारको प्रमुखमा सरुवा गराउन लागेको थियो । चालिसेदेखि गुभाजुसम्मको सेटिङमा उनलाई मुस्ताङ भन्सारको प्रमुख बनाइएको स्रोतको दाबी छ । चालू आर्थिक बर्ष २०८३/०८४ को सुरुवाती तीन महिना साउनदेखि असोज २७ सम्ममा मात्रै मुस्ताङ भन्सारले ८ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ ।

तस्करी नियन्त्रण गरी उल्लेख्य राजस्व संकलन गर्न सफल भन्सार प्रमुख चुडाललाई बालेन्द्र सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र सचिव घनश्याम रेग्मीले पुरस्कृत गर्नुपर्नेमा ६ महिनामै सरुवा गरी दण्डित गरेका छन् । डीजी भूसाल यसअघि एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल अर्थमन्त्री हुँदा पनि उनी निकट भएर भन्सार बिभागको महानिर्देशक भएका थिए । गुल्मीका एमाले नेताहरुको निकट र बिष्णु पौडेल अर्थमन्त्री हुँदा लिनुसम्म लाभ लिएका भूसाल भन्सार बिभागको इतिहासमा दोहोरिएर डीजी भएका हुन् । सामान्यतया दोहोरिएर बिभागीय प्रमुख कोही पनि हुँदैनन्, तर भूसाल फर्की फर्की डीजी भएर मालदार भन्सार कार्यालयमा ब्यापारीको सेटिङमा सरुवा गर्ने र तस्करीमा सहजीकरण गर्न तल्लीन भएका छन् । फर्किफर्की भन्सार बिभागको डीजी भएका भूसालसँग गुभाजुको अघिल्लो कार्यकालदेखिकै सेटिङ रहेको नेपाल फेसले जनाएको  छ । उनको काठमाडौंको नैकापमा भब्य महलदेखि ब्यापारीक मेसमासमेत अदृश्य लगानी रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...