नेकपाले असार १४ गते वृक्षारोपण कार्यक्रम गर्ने



हाम्रो इकोनोमि

 

 

नेकपाका ४४ जनवर्गीय संगठन नेपाल सरकारले घोषणा गरेको वृक्षरोपण वर्ष सफल पार्न लागिपर्ने भएका छन् । सचिवालय सदस्य एवं अखिल नेपाल किसान महासंघका संयोजक वामदेव गौतमको संयोजनमा बुधबार आयोजित जनवर्गीय संगठनको संयुक्त भेलाले असार १४ गते वृक्षरोपण कार्यक्रममा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको छ । भेलामा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको विशेष उपस्थिति रहेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सरकारले असार १४ गते राष्ट्रव्यापी वृक्षरोपण कार्यक्रम सम्पन्न गरी वार्षिक वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको छ । उक्त दिन जनवर्गीय संगठनद्वारा सरकारको यस निर्णयलाई समर्थन गर्दै वर्षभरि अत्यन्तै उत्साहका साथ कार्यक्रममा भाग लिने प्रतिबद्धता व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘प्रकृतिप्रदत्त उपहारका रुपमा रहेको नेपालको संरक्षण यहाँका प्रत्येक नागरिकको कर्तव्य हो’, प्रतिबद्धतामा लेखिएको छ’, वातावरण र जैविक विविधताको सुरक्षा र संरक्षणको सबभन्दा महत्वपूर्ण काम नेपालको प्राकृतिक वनजंगलको संरक्षण र बाँकी सबै क्षेत्रमा हरियाली कायम गर्नु हो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...