विश्व

पाकिस्तानमा बन्दुकधारीद्वारा चार सिया मुसलमानको हत्या

पाकिस्तानको प्रहरीका अनुसार अतिवादीहरुको एक आक्रमणमा परी चार सिया मुसलमान मारिएका छन् । दक्षिणपश्चिमी बलुृचिस्तान प्रान्तको क्वेटानजिकै रातभर भएको गोली प्रहारमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका प्रहरी अधिकारी मोहमद खानले सोमबार जानकारी दिएका छन् ।