काश्मिरमा मेजर सहित ४ जना भारतीय सेनाको मृत्यु



हाम्रो इकोनोमि

 

भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन्।

 

गुरेजमा आठजना आतङ्ककारीले प्रवेश गर्न खोजेका थिए। ती आठ जनामध्ये सेनाको कारबाहीमा चार जनाको मृत्यु भएको थियो भने बाँकी फरार भएका थिए। भारत–पाकिस्तान सीमाको लाइन–अफ–कन्ट्रोलमा यो घटना भएको हो।

 

उक्त घटनाका सम्बन्धमा प्रतिक्रिया दिँदै जम्मु काश्मिरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाहले भारत सरकारले पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण गर्नुपर्ने बताए। उनले भारततर्फ पाकिस्तानीहरुको घुसपैठलाई पनि रोक्नुपर्ने धारणा राखे। “पाकिस्तानले भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छ भने यस्तो घुसपैठ तत्काल रोक्नु पर्दछ,” उनले भने। एएनआई

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...