होण्डाका कारमा देखियो समस्या, चीनबाट १ लाख कारहरु फिर्ता हुने



हाम्रो इकोनोमि

 

जापानी कार निर्माता कम्पनीका केही कारहरुमा समस्या देखिएको छ। कम्पनीका कारको इन्जिनले चिसो मौसकमा राम्रोसँग कार नगर्ने पाइएको हो।  यो समस्या देखिएसँगै होण्डाले सोमबार आफ्ना थप एक लाखको हाराहारीमा अाफ्ना कारहरु फिर्ता गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो एसयूभी मोडलका कारहरु चीनबाट फिर्ता गर्ने निर्णय गरेको हो।

 

यस वर्षको सुरुवातमा पनि कम्पनीका सवारीहरुमा देखिएको समस्याको कारण उल्लेख्य मात्रामा सवारीहरु फिर्ता गर्ने निर्णय गरेको थियो। होण्डा कम्पनीले उत्पादन गर्दै आएको महत्वपूर्ण उत्पादनमध्येको एक मानिएको यो उत्पादनमा भारी मात्रामा खराबीहरु देखिएको हो।

 

इन्जिनमा देखिएको खराबीहरुको कारण सो उत्पादनहरु फिर्ता गर्ने निर्णयमा कम्पनी पुगेको हो। सवारीमा देखिएको समस्याको कारण इन्जिनबाट पनि अध्याधिक नमिठो गन्ध आउने गरेको बताइएको छ। यद्यपि उक्त सम्याले इन्जिनको क्षमतामा कुनै किसिमको असर नगर्ने बताइएको छ।

 

कम्पनीका सवारीहरुमा देखिएको यस किसिमको खराबीले हालसम्म कतैपनि दुर्घटना नभएको बताइएको छ। २०१८ को सुरुवातमा कम्पनीको इन्जिनको विषयमा देखिएको खराबीको कारण कम्पनीको टोकियोमा रहेको मुख्यालयले एक लाख ३० हजार सीआर–भी एसयूभी मोडलका र दुई लाख ९४ हजार सीभिक मोडलकाहरु कारहरु चीनको बजारबाट फिर्ता गरिसकेको छ। अहिले कम्पनीले होण्डाका कारहरुको विषयमा पनि कम्पनीले अनुसन्धान गरिरहेको छ।

 

अन्य कारहरुमा पनि सोही किसिमको समस्या छ वा छैन भन्ने विषयमा अहिले अनुसन्धान जारी रहेको हो। साथै कम्पनी यस विषयमा सम्झौताको लागि अघि बढिरहेको छ। पछिल्लो समय देखिएको सुरक्षाको विषयले पनि होण्डाको चीनको व्यापारमा व्यापक गिरावट आइसकेको छ।

 

गएको जुलाई महिनामा उसको व्यापार चीनमा लगातार छ महिनामा गिरावट आइसकेको कम्पनीले जनाएको छ। यो समस्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा सात दशमलव ८ प्रतिशतको गिरावट आइसकेको हो।

प्रतिक्रिया दिनुहोस
दरबार हत्याकाण्डको छानविन गर्न ज्ञानेन्द्र शाहीको माग

    राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दरबार हत्याकण्डलाई लिएर...

भाजपा अध्यक्षसँग भेटवार्ता गर्दै रवि लामिछाने

     भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का...

प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...