पृथ्वीको तापक्रम घातक अवस्थामा, मानव जाती नै संकटमा



हाम्रो इकोनोमि

 

पृथ्वीको तापक्रम घातक अवस्थामा पुगेको एक विवरणले देखाएको छ । तापक्रम घटाउनका लागि अहिले विश्वव्यापीरुपमा विभिन्न किसिमका कदमहरु चालिएका भए पनि तापक्रम घातक अवस्थामा पुगेको एक अध्ययनले देखाएको हो ।

 

अनुसन्धानकर्ताहरुले अबको केही समयमा नै पृथ्वीको तापक्रमले अत्यधिक विन्दु पार गर्ने बताएका छन् । जसको कारण समुद्री सतह बढ्ने खतरा रहेको उनीहरुले बताएका हुन् । सम्झौताअनुसार विश्वका मुलुकहरुले कार्बनडाइअक्साइडलाई नियन्त्रणमा राख्न सके पनि यो तापक्रमलाई तल्लो विन्दुमा ल्याउन निकै कठिन रहेको उनीहरुको भनाइ छ ।

 

यदि वार्षिक हिसाबमा २ डिग्री सेल्सियसले तापक्रम बढ्दा पनि पृथ्वीको तापक्रम केही समयमा नै अत्यधिक विन्दुभन्दा माथि पुग्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

 

यसअघि पेरिस सम्झाैतामा वार्षिक हिसाबमा २ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धि हुने गरी कार्बन डाइअक्साइडलाई नियन्त्रण गर्ने प्रतिबद्धता विश्वका मुलुकहरुले जनाएका थिए तर सम्झौताअनुसारको काम भने हुन नसकेको विभिन्न विवरणहरुले देखाउँदै आएका छन् ।

 

अहिले गरिएको अनुसन्धानमा पृथ्वीको वायुमण्डलको तापक्रमलाई सन्तुलित अवस्थामा राख्नका लागि वार्षिक चार अर्ब ५० करोड टन बराबरको कार्बनडाइअक्साइड जंगल, समुद्र तथा अन्य प्राकृतिक चिजहरुले सोस्नुपर्ने हुन्छ ।

यद्यपि पछिल्लो समय व्यापक मात्रामा पृथ्वीको तापक्रम बढिरहेको अनुसन्धानले देखाएको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...