राजनीति

हाँडीगाउँ विशालनगरलाई पर्यटकीय क्षेत्र बनाइने पोखरेलको प्रतिबद्धता

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले लिच्छविकालीन महत्वको हाँडीगाउँ–विशालनगर क्षेत्रको पर्यटकीय विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार पोखरेलले आज हाँडीगाउँ र भाटभटेनीको घरदैलो कार्यक्रममा उहाँले लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको