गगन थापा र प्रकाशमान बिरुद्द देउवाले यसरी पड्काउने भए कारबाहीको तोप,गगन कम्युनिष्ट भएको यसरी लगाए आरोप



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा युवा नेता गगन कुमार थापासँग रुष्ट बनेका छन्।
पछिल्लो समय निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि गगनले एकतर्फी रुपमा हारको कारण पार्टी नेतृत्वमाथि थुपारेका थिए । उनले पार्टी सभापति देउवाले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका थिए । त्यतिमात्रै नभएर उनले नेतृत्व हस्तक्षेप गरेर लिने भन्दै कडा अभिव्यक्ति समेत दिएका थिए ।
गगनको उक्त अभिव्यक्तिसँगै मुलुकको राजनीतिमा तरंग पैदा भएको थियो । देउवा पक्षधरहरुले गगनको आरोप व्यक्तिगत भएको भन्दै उनले माँग्दैमा सभापति परिवर्तन नहुने जिकिर गर्दै आएका छन् ।

हालैमात्रै देउवाले आफ्ना पक्षधर नेताहरुसँग गगनको भनाईबारे आन्तरिक छलफल समेत गरेका थिए । एक भेलामा देउवाले गगनको बारेमा कडा रुष्टता पोखेको स्रोतको दाबी छ। देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘हारको समिक्षा र जिम्मेवार त बरु गगनले लिनुपर्ने हो नि, उनको दायित्व नै थियो, हारको जिम्मेवार लिनुपर्ने थियो, हस्तक्षेप गर्छु भनेको कम्युनिष्टहरुको शब्द हो।’

खानेपानी तथा सरसफाईमन्त्री समेत रहेका युवा नेता महेन्द्र यादवले पनि गगनको उक्त शैली ठिक नभएको भन्दै आरोप लगाएका छन् । उनले भने,‘गगनको बारेमा सोच्नुपर्ने बेला आएको छ, आफ्नो स्वार्थ पूरा गर्न जेपनि गर्ने गरेको तर पार्टीभित्र अनुशासन नमानेको पाईएको छ, यसबारेमा सभापति देउवाले कडा असन्तुष्टि पोख्नुभएको छ।’ यादब देउवाका भित्रिया समेत हुन्।

देउवाले गगनलाई आफ्नो ईमेजमात्रै जोगाएर बोल्ने गरेको आरोप लगाए । देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने,‘कांग्रेसको हित गर्नेगरि गगनले कहिल्यैपनि बोलेका छैनन, उनी आफूलाई जे फाईदा हुन्छ, त्यही गर्छन्।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...