गगन थापा र प्रकाशमान बिरुद्द देउवाले यसरी पड्काउने भए कारबाहीको तोप,गगन कम्युनिष्ट भएको यसरी लगाए आरोप



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा युवा नेता गगन कुमार थापासँग रुष्ट बनेका छन्।
पछिल्लो समय निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि गगनले एकतर्फी रुपमा हारको कारण पार्टी नेतृत्वमाथि थुपारेका थिए । उनले पार्टी सभापति देउवाले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका थिए । त्यतिमात्रै नभएर उनले नेतृत्व हस्तक्षेप गरेर लिने भन्दै कडा अभिव्यक्ति समेत दिएका थिए ।
गगनको उक्त अभिव्यक्तिसँगै मुलुकको राजनीतिमा तरंग पैदा भएको थियो । देउवा पक्षधरहरुले गगनको आरोप व्यक्तिगत भएको भन्दै उनले माँग्दैमा सभापति परिवर्तन नहुने जिकिर गर्दै आएका छन् ।

हालैमात्रै देउवाले आफ्ना पक्षधर नेताहरुसँग गगनको भनाईबारे आन्तरिक छलफल समेत गरेका थिए । एक भेलामा देउवाले गगनको बारेमा कडा रुष्टता पोखेको स्रोतको दाबी छ। देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘हारको समिक्षा र जिम्मेवार त बरु गगनले लिनुपर्ने हो नि, उनको दायित्व नै थियो, हारको जिम्मेवार लिनुपर्ने थियो, हस्तक्षेप गर्छु भनेको कम्युनिष्टहरुको शब्द हो।’

खानेपानी तथा सरसफाईमन्त्री समेत रहेका युवा नेता महेन्द्र यादवले पनि गगनको उक्त शैली ठिक नभएको भन्दै आरोप लगाएका छन् । उनले भने,‘गगनको बारेमा सोच्नुपर्ने बेला आएको छ, आफ्नो स्वार्थ पूरा गर्न जेपनि गर्ने गरेको तर पार्टीभित्र अनुशासन नमानेको पाईएको छ, यसबारेमा सभापति देउवाले कडा असन्तुष्टि पोख्नुभएको छ।’ यादब देउवाका भित्रिया समेत हुन्।

देउवाले गगनलाई आफ्नो ईमेजमात्रै जोगाएर बोल्ने गरेको आरोप लगाए । देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने,‘कांग्रेसको हित गर्नेगरि गगनले कहिल्यैपनि बोलेका छैनन, उनी आफूलाई जे फाईदा हुन्छ, त्यही गर्छन्।’

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...