नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने निर्णय गर्दै माओबादीको बैठक सकियो,अब ओली प्रधानमन्त्री प्रचण्ड अध्यक्ष



नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार भएको माओवादी केन्द्रको सचिवालय बैठकले सरकार गठन र पार्टी एकता एकसाथ गर्ने निर्णय गरेको हो।

वामपन्थीबीच एकता गर्नेगरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन गरेर जाँदा मतदाताले त्यसलाई अनुमोदन गरेको बैठकको निष्कर्ष छ। निर्वाचनमा जनमत पार्टी एकता गर्ने लाइनमा आएको भन्दै सरकार र पार्टी एकता एकसाथ गर्ने निर्णय भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

उनका अनुसार, सरकार र पार्टी एकता सँगसँगै टुंग्याउँदै त्यसपछि जिम्मेवारी बाँडफाँट गर्ने निर्णय भएको छ।
बैठकमा माओवादी नेताहरुले भने सरकार गठन अगाडि नै पार्टी एकता टुंग्याउन जोड दिएका थिए।

‘विचार संगठन र नेतृत्वको विषय सुरूमै टुंग्याउनुपर्ने कुरा भएको छ’, प्रवक्ता भुसालले भनिन्।
बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोग र सरकारलाई धन्यवाद दिएको छ।
यस्तै, राष्ट्रिय सभा गठन सम्बन्धी विवाद राजनीतिक विवाद भएको भन्दै यसलाई यसलाई राजनीतिक तहबाटै छलफल गरेरर समाधान गर्नुपर्ने माओवादीले जनाएको छ।
चुनावी समीक्षा, नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो।

यता नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रवीच एकता र सरकार गठनबारे आन्तरिक छलफल सुरु भैरहेकोले सहमतिमै सबै कुरा टुँगो लगाउने विश्वास दिलाए । उनले भने,‘दुवै पार्टीका नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ।’

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा