कांग्रेसको जालमा फस्ने की एमालेको पालमा बस्ने ? प्रचण्डले केन्द्रीय कार्यालयको बैठकमा यस्तो निर्णय सुनाउदै छन्,के छ त्यो निर्णयमा?



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले नेकपा एमालेसँगको पार्टी एकता र सरकार गठनका बारेमा छलफल गर्ने बताइएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बस्न लागेको बैठकले निर्वाचनको समग्र समीक्षा गर्नुका साथै नयाँ सरकार गठन, एमालेसँगको पार्टी एकता आदिका बारेमा छलफल गर्ने माओवादी अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सिनाले बताए।

‘एमालेसँग पार्टी एकता गर्ने निर्णय भए पनि कसरी गर्ने भन्ने विषयमा पार्टीभित्र अहिलेसम्म औपचारिक छलफल भएको छैन’, केन्द्रीय कार्यालयका एक नेताले भने, ‘त्यसका बारेमा पनि बैठकमा औपचारिक छलफल हुन्छ।’
त्यस्तै कांग्रेसले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन गरेको प्रस्तावका विषयमा पनि चर्चा हुने ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...