कांग्रेसको जालमा फस्ने की एमालेको पालमा बस्ने ? प्रचण्डले केन्द्रीय कार्यालयको बैठकमा यस्तो निर्णय सुनाउदै छन्,के छ त्यो निर्णयमा?



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले नेकपा एमालेसँगको पार्टी एकता र सरकार गठनका बारेमा छलफल गर्ने बताइएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बस्न लागेको बैठकले निर्वाचनको समग्र समीक्षा गर्नुका साथै नयाँ सरकार गठन, एमालेसँगको पार्टी एकता आदिका बारेमा छलफल गर्ने माओवादी अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सिनाले बताए।

‘एमालेसँग पार्टी एकता गर्ने निर्णय भए पनि कसरी गर्ने भन्ने विषयमा पार्टीभित्र अहिलेसम्म औपचारिक छलफल भएको छैन’, केन्द्रीय कार्यालयका एक नेताले भने, ‘त्यसका बारेमा पनि बैठकमा औपचारिक छलफल हुन्छ।’
त्यस्तै कांग्रेसले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन गरेको प्रस्तावका विषयमा पनि चर्चा हुने ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...