राष्ट्रियसभाको निर्वाचन नभएसम्म सरकार छोड्दैनौं – कानुनमन्त्री



हाम्रो इकोनोमि

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले भने, “यो चुनावी सरकार हो, राष्ट्रिय सभाको निर्वाचन गर्न बाँकी नै छ, हामी निर्वाचन सम्पन्न गरेरमात्रै सरकार छाड्छौं, केयर टेकेर गर्भमेन्ट भन्नुहुन्छ भनेपनि हामी केयरफुल्ली केयर गरिरहेका छौं, निर्वाचन आयोगले पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन ।”

उनले प्रधानमन्त्री देउवाले चाहेर पनि अहिले सरकार छोड्न नपाउने जिकीर गरे । उनले भने, “देउवाले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न, ओली र प्रचण्डलाई पनि आउँछु भन्ने छुट छैन ।”

यद्यपी उनले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि आफूहरुले सर्लक्कै सरकार छोड्न तयार रहेको स्पष्ट पारे । उनले ओली र प्रचण्डले अहिल्यै नै कुर्सी छोड भनेर देउवाको राजिनामा माग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको समेत आरोप लगाए ।

सरकारले दुई महिना अघि नै राष्ट्रिय सभा सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको भन्दै अहिलेसम्म नआउनु दुःखद् भएको उनको टिप्पणी थियो । उनले भने, “म अहिले पनि ठन्डा भएर भन्छु राष्ट्रपतिसँग अर्को विकल्प छैन, अध्यादेश स्वीकृत गर्नैपर्छ, सरकारसँग पनि अर्को विकल्प छैन ।”

मन्त्री थापाले राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म सरकार आफूहरुले नछोड्ने उद्घोष गरे । उनले भने, “निर्वाचन नगरी सुखै छैन, त्यसको लागि अध्यादेश पारित नगरी सुखै छैन, राष्ट्रिय सभाको गठन नभएसम्म सरकार गठन गर्न मिल्दैन ।”

उनले एकल संक्रमणीय व्यवस्थाबारे पर्याप्त बहस भएको समेत जिकीर गरे । उनले थपे, “त्यतिबेला असंवैधानिक भनेर कतै आवाज सुनिएन, अहिले कोकोहोलो मच्याउने काम भैरहेको छ, बटारेर र बंग्याएर बहस गर्नु अनुचित हुन्छ ।”

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...