यी हुन् एमाले बाट समानुपातिकमा छानिने ४१ अनुहार,दुइ केन्द्रिय नेताका श्रीमती पनि सांसद बन्ने,मन्त्री बन्ने भाग्यमानीको नाम पनि टुंगियो



मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समानुपातिकतर्फको मतगणना पनि सकिएको छ । प्रतिनिधिसभातर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाएका पाँच दलले मात्र समानुपातिकमा सांसद पाउने संवैधानिक व्यवस्था छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट एक ६५ जना निर्वाचित भैसकेका छन् र अब समानुपातिकबाट एकसय १० जना निर्वाचित गर्ने प्रक्रिया सुरु भएको छ ।

एक सय १० सदस्यीय समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ६÷६ जना सांसद पाएका छन् । निर्वाचन आयोगले एक हप्ताभित्र दलले पाएको मतका आधारमा समानुपातिकको सिट औपचारिक रुपमा निर्धारण गर्ने जनाएको छ ।

संविधानले हरेक दलले पाएको सिटको एक तिहाई महिला हुनुपर्ने व्यवस्था गरेको छ । प्रत्यक्षबाट कम महिला निर्वाचित भएकोले अहिलको अवस्थामा एक तिहाई महिला समानुपातिकबाट पुर्याउनुपर्ने बाध्यता दलहरुलाई छ । समानुपातिकबाट महिला निर्वाचित गर्दा दलहरुले बुझाएको सूचिको क्रम संख्या फेरबदल गर्न नपाइने प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७४ मा उल्लेख गरिएको छ ।

त्यस्तै कानुनमा उल्लेख भएको सातवटा कल्स्टरको अनुपातअनुसार निर्वाचित गर्नुपर्ने बाध्यता पनि छ । जसमा खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाती २८.७ प्रतिशत, थारु ६.६ प्रतिशत, दलित १३.३ प्रतिशत, मधेसी १५.३ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४.३ प्रतिशत हुनुपर्छ ।

यही सिद्धान्तअनुसार एमालेबाट समानुपातिकमा को को निर्वाचित हुँदै छन् त ?
एमाले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरी एकसय २१ सिट जित्दै पहिलो दल बनेको छ । एकसय २१ सिटको एक तिहाई ४० जना महिला एमालेबाट संसदमा निर्वाचित हुनै पर्छ । एमालेबाट झापा–२ मा पवित्रा खरेल र स्याङ्जा–१ बाट पद्मा अर्यालले मात्र चुनाव जितेकाले थप ३८ जना समानुपातिकबाट चयन गर्नुपर्छ । जसले गर्दा एमालेको समानुपातिकको बन्द सूचिमा भएका जम्मा ३ जना पुरुषले मात्र सांसद बन्ने अवसर पाउने भएका छन् ।

तीनजना पुरुष छनौट गर्दा सातवटै कल्स्टरको पहिलो नम्बरमा रहेका उम्मेदवार मध्येबाट छनौट हुनेछन् । जहाँ खस आर्यको पहिलो नम्बरमा रहेका मुकुन्द न्यौपाने, आदिवासी जनजाती कोटाको पहिलो नम्बरमा रहेका विजय सुब्बा, थारु कोटाको पहिलो नम्बरमा रहेका मझिलाल थारु, दलितको पहिलो नम्बरमा रहेका रामप्रित पासवान, मधेसी कोटाको पहिलो नम्बरमा रहेका मोतिलाल दुगड, मुस्लिम कोटाको पहिलो नम्बरमा रहेका समिम मियाँ अन्सारी र पीछडिएको क्षेत्रको पहिलो नम्बरमा मोहन बानियाँ रहनुभएको छ । एमाले स्रोतका अनुसार न्यौपाने, सुब्बा, पासवान र दुगडमध्ये तीनजनालाई पार्टीले चयन गर्ने संभावना बढी छ ।

त्यस्तै ३८ जना महिलाको छनौट पनि यही सूत्रका आधारमा हुनेछ । जसअनुसार आदिवासी जनजातिबाट ११ जना महिला पठाउनुपर्छ । एमालेले बुझाएको बन्द सूचिको महिला क्रमसंख्या ११ सम्मका उम्मेदवार निर्वाचित गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएकाले थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्झे, सुजिता शाक्य, रामकुमार झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नविना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, विनादेवी बूढाथोकी मगर, रणकुमारी बलमपाकी मगर चुनिने छन् । सुजिता शाक्य  शंखर पोखरेल र विना श्रेष्ठ नेता कृष्णगोपाल श्रेष्ठकी श्रीमती हुनुहुन्छ ।तुलसा थापा बाम देव गौतमकी श्रीमती हुन्।

त्यस्तै खस आर्यबाट राधा ज्ञावली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणीकुमारी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मेनाकुमारी भण्डारी, तर्था गौतम र शर्मिला कार्की निर्वाचित हुनेछन् ।

त्यस्तै थारु कोटाबाट एमालेले दुईजना महिला निर्वाचित गर्नुपर्छ । महिलातर्फ पहिलो नम्बरमा रहेकी शान्ता चौधरी र दोस्रो नम्बरमा रहेकी लक्ष्मीकुमार चौधरीले मात्र सांसद बन्ने अवसर पाएका छन् ।

दलित कोटाबाट एमालेले पाँचजना महिला पठाउनुपर्छ । बन्द सूचिको क्रमसंख्या पाँचसम्म रहेका निरादेवी जैर, विमला विश्वकर्मा, विमला विक, पार्वतीकुमारी विसुङ्गे र सानु शिवाले सांसद बन्ने निश्चित भएको छ ।

एमालेले मधेसी कोटाबाट ६ जना महिला निर्वाचित गर्नुपर्छ । यो कोटाबाट जुलीकुमारी महतो, डा. पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झा, सिरताकुमारी गिरी र सीता यादव निर्वाचित गर्नुपर्छ ।

यस्तै मुस्लिम कल्स्टरबाट दुईजना मात्र महिलाले अवसर पाउनेछन् । कालिला खान र समिना हुसेन सांसद बन्नेछन् । पीछडिएको कोटाबाट पनि दुई जना मात्र महिला सांसद बन्नेछन् । एमालेले निर्वाचन आयोगमा बुझाएको बन्द सूचिअनुसार आशाकुमारी विक पीछडिएको क्षेत्रबाट सांसद बन्नुहुनेछ । बन्द सूचिमा पीछडिएको क्षेत्रबाट दोस्रो महिलाको बनाम उल्लेख नभए पनि त्यसै कल्टरबाट अर्की महिला निर्वाचित हुनेछन् ।

एक स्रोतका अनुसार योगेश भट्टराई, घनश्याम भुसाल, लालबावु पण्डित, रविन्द्र अधिकारी, रघुवीर महासेठ, छविलाल विश्कर्मा, पद्मा अर्याल, रामवीर मानन्धर लगायतको नाम भाबी मंत्रीको अग्रपंतिमा समेटिएको बुझिएको छ ।त्यस्तै शेर बहादुर तामांग पनि मन्त्री बन्नेको सुचीमा छन्।

अर्को स्रोत भने विष्णु पौडेलदेखि प्रदीप ज्ञवालीसम्मको नाम रहेको बताउँछ ।

त्यसैगरी ओलीका खास महेश बस्नेतले कुनै पनि हालतमा मन्त्रालय पाउने स्रोत बताउँछ ।
योगेश भट्टरार्इ मिडिया फ्रेन्डली भएकाले सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिन सकिने अवस्था रहेको स्रोत बताउँछ ।

त्यसैगरी ओलीले खेलकुदलाई विशेष महत्व दिने भएकाले यो मन्त्रालय पनि आफूसंगै राख्ने स्रोत बताउँछ ।

खेलकुद क्षेत्रका अनुभवी जीवनराम श्रेष्ठ भएकाले उनले यो मन्त्रालय सम्हाल्ने सम्भावना छ ।
श्रेष्ठ भने पायो भने सक्षमपूर्वक मन्त्रालय सम्हाल्ने बताउँछन् । तर उनले आफू अहिले घरदैलोमै व्यस्त रहेको बताउँछन् ।
ओलीका विश्वास पात्रको रुपमा चिनिएका रामवीर मानन्धर पनि सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनेमा उत्साही देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने